काठमाडौं । सत्तागठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा दोस्रो पटक पेश भएर पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनु असंवैधानिक भएको निष्कर्ष गठबन्धन बैठकले निकालेको हो ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पेश भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेपछि गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबार रातिसम्म प्रमाणीकरण हुनुपर्ने थियो। तर, राष्ट्रपतिले प्रमाणीकरणका लागि अस्वीकार गरेपछि संवैधानिक जटिलता उत्पन्न भएको छ।
Facebook Comments Box
