Author: admin

काठमाडौं । बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेको छ । मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेको हो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् । पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् । ‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Read More

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दावी गरेका छन् । मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नंवर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दावी गरेका हुन् । जनताले ७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिव दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए । उनले ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको धारणा राखे । अध्यक्ष नेपालले समाजवादीको चूनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण…

Read More

काठमाडौं। नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरे। घोषणापत्रमा करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ सुरु भएको छ ।

Read More

काठमाडौं । नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पारे। ‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ । हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ।’, रिजालले थपे, ‘हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ ? नेकपा (एमाले) ले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ।’ एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र…

Read More

झापा । आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

Read More

झापा । तराई तथा पहाडका नदी घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व मनाइएको छ । ब्रतालुहरुले आइतबार साँझ ‘सझियाघाट’ मा अस्ताउँदो सूर्यको उपासना गरि छठ पर्व मनाएका छन् । ‘खरना’ विधि अन्तर्गत ‘रस्याउ रोटी’ अर्थात दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र रोटी/पुरी खाएका ब्रतालुहरु आइतबार दिन भरी निर्जल निराहार बसेर ब्रत लिएका छन् । आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूणर् सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुगेका थिए । नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लगेका थिए । छठ…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।

Read More

पाल्पा । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने…

Read More

काठमाडौँ- नेपालमा पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। भूगोल पार्क उम्मेदवार मेला नाम दिइएको उक्त मेलामा काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको उपस्थिति रहने अपेक्षा आयोजक भूगोल पार्कको छ। मेला कात्तिक कार्तिक १६ गते बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ भृकुटीमण्डपमा सञ्चालन हुने आयोजकले जनाएको छ। उम्मेदवार मेलामा मंसिर ४ गते हुने संघीय निर्वाचनमा उम्मेदवार रहने दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहने अपेक्षा गरिएको भूगोल पार्कले जनाएको छ। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने छ। मेलामा निष्पक्षरूपमा उम्मेदवारहरूको अभियान, प्रत्यक्ष अन्तरक्रिया, प्रेस सम्मेलन, तत्काल बहस र नेटवर्किङको लागि विशेष टेन्ट क्यानोपीहरू हुनेछन्। उम्मेदवारहरूका लागि ‘पहिले आउने पहिलो सेवा’का आधारमा करिब २५ वटा क्यानोपी…

Read More