काठमाडौँ- नेपालमा पहिलोपटक उम्मेदवार मेला हुने भएको छ।
भूगोल पार्क उम्मेदवार मेला नाम दिइएको उक्त मेलामा काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको उपस्थिति रहने अपेक्षा आयोजक भूगोल पार्कको छ।
मेला कात्तिक कार्तिक १६ गते बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ भृकुटीमण्डपमा सञ्चालन हुने आयोजकले जनाएको छ।
उम्मेदवार मेलामा मंसिर ४ गते हुने संघीय निर्वाचनमा उम्मेदवार रहने दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहने अपेक्षा गरिएको भूगोल पार्कले जनाएको छ। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने छ।
मेलामा निष्पक्षरूपमा उम्मेदवारहरूको अभियान, प्रत्यक्ष अन्तरक्रिया, प्रेस सम्मेलन, तत्काल बहस र नेटवर्किङको लागि विशेष टेन्ट क्यानोपीहरू हुनेछन्। उम्मेदवारहरूका लागि ‘पहिले आउने पहिलो सेवा’का आधारमा करिब २५ वटा क्यानोपी राखिएको आयोजक संस्थाले जनाएको छ।
Facebook Comments Box