Author: admin

गोरखामा सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेको प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्रमा उल्लेख छ। आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन्। २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए।

Read More

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत एक सहायक सूचकलाई कारबाही गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहितविपरित कार्य गरेको भन्दै आयोगले सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको हो। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको प्रचारप्रसार गरेको पाइएको आयोगले जनाएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाइएको आयोगले बताएको छ। निर्वाचन आयोगको ऐन, २०७३ मा ‘कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानुन वा आयोगले दिएको निर्देशनविपरित कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारीउपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानुनबमोजिम विभागी कारबाही लागि…

Read More

काठमाडौं । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षीण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिषी सुरेन्द्र रिजालले जानकारी दिए । यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ। कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए । सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ ।…

Read More

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिका कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए । एमालेले मंसिर चारको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले दाबी गरे । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ । विकास गर्ने पार्टी एमाले मात्रै हो । यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने । एमाले पार्टी एक ढिक्का भएको ओलीको भनाइ छ । पार्टी बिगार्न लागेकाहरु बाहिरीएको र एमालेमा अब कुनै गुट उपगुट नरहेकाले ढुक्क भएको टिप्पणी गरे…

Read More

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन्। निर्वाचन आयोगले सोमवार कलाकारहरुसँग गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारलक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अध्याँरो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हाने आयोगले कारबाही गर्ने चेतावनी दिए। उहाँले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत…

Read More

रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् । घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

Read More

काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन सञ्चार माध्यमलाई निर्देशन दिएकाे छ । अग्नि खरेलकाे परिवारको सदस्य(छाेरा) काे बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार प्रकाशित गरेको थियो । आयोगले त्यो समाचार २४ घण्टाभित्र हटाएर तीनवटा प्रश्नको जवाफ दिन भनेको छ । तर सेतोपाटीले भने समाचार नहटाउने र आवश्यक परे अदालत जाने…

Read More

काठमाडौं । रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो । आगलागीमा परि केही घाइते भएका छन् । आगलागीका कारण नाइटक्लब पुर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागी गर्ने ब्यक्ति र क्लब व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ । रुसमा सन् २००९ मा पर्म शहरको नाइट क्लबमा भएको आगलागीमा पनि १ सय ५९ जनाको मृत्यु भएको…

Read More

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई सघाउने भएको छ । हिजो साँझ डडेल्धुरा जिल्ला कमिटीका पदाधिकारीहरूलाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई सघाउन निर्देशन दिएका थिए । सोही बमोजिम एमालेले मल्ललाई सघाउने भएको हो। प्रदेश सभाका दुवै तर्फ भने एमालेका उम्मेदवार कायम रहने छन् । प्रतिनिधिसभा तर्फ देउवालाई हराउन मल्ललाई सहयोग गर्न र दुबै प्रदेश सभातर्फ एमालेका उम्मेदवार विजयी गराउन तीव्र रुपमा लाग्न ओलीले निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन् । स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो । स्थानीय तहका जनप्रतिनिधि आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउनका लागि आन्तरिक रूपमा चुनावी रणनीति बनाउन सक्रिय हुन थालेपछि स्थानीय तहमा विकास निर्माणका काम सुरु गर्न ढिलाइ भएको छ । यस अगाडिका वर्षमा भने स्थानीय तहमा भदौदेखि नै उपभोक्ता समिति निर्माण, टेन्डर आह्वान, योजना सम्झौता भई असोजदेखि कात्तिकभित्रमा भौतिक रूपमा नै विकास निर्माणका योजना सञ्चालनमा आइसक्ने थिए । नेपाल नगरपालिका सङ्घका कार्यकारी…

Read More