गोरखामा सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेको प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन्। २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए।
Facebook Comments Box