Author: admin
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका हुन् । आयातमूखि अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमूखि अर्थतन्त्र विकास गर्न जरुरी रहेको भन्दै पौडेलले निर्यातमूखि अर्थतन्त्रको विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताए । मत प्राप्त गरेपनि अब आमनागरिकको मन जित्न जरुरी रहेको नेता पौडेलको भनाइ छ । नेता पौडेलले अबको ५…
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले अघि बढाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति सहित फिर्ता पठाएको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुने चरणमा छन् । सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको छ । ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने व्यवस्था हटाएर निश्चित उमेर हद पुरा गरेपछि सेवाबाट अवकाश लिने गरी प्रहरी ऐन–०१२ लाई संशोधन गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । प्रस्तावमा प्रहरी नियमावली–०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न भनिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ…
काठमाडौं । आज काठमाण्डौ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाण्डौ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो । आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ । प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन् ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल-डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोल/डिजेल र मट्टितेलमाप्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मट्टितेल १७५ पर्नेछ ।
काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । शपथको तयारी लगायतका सन्दर्भमा छलफल गर्न संसदका महासचिव गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् । दलहरुको सहमतिका आधारमा शपथको मिति तय गरिने बताइएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र दिने तयारी गरेको छ। सबै प्रक्रियापछि निर्वाचितहरुमध्येबाट ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ गराइनेछ। त्यसपछि ज्येष्ठताका आधारमा उनले बाँकी २७४ जनालाई शपथ गराउनेछन्।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ । सरकारले आफूहरुसंग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे कार्यान्वयन गर, आस्थाका बन्दी रिहाई गर लगायतका नारा लगाएका थिए । प्रदर्शनमा अखिल(क्रान्तिकारी) महासचिव ललित विकले बिभिन्न देशी बिदेशी षडयन्त्रकाबीच सरकारले आफूसंग गरेको सहमति कार्यान्वयन गर्न नखोजेको आरोप लगाए । उनले नेपाली जनताको शान्तिको पक्षमा नेकपासंग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग…
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको सिस्टम अनुरुपको भिजन बिपरित भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र बिचारकै आधारमा दलहरु चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरुपको भिजन नभएको बताएका हुन् । राजनीतिक पृष्टभूमि, बिचारधारा, सिद्धान्त लगाएको मूल्यमान्यताको आधारमा नै दलका नेताहरुले मुलुक र राज्यका अंगहरुको नेतृत्व गर्न सक्ने उनले बताए । उनले अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरुको बिकल्प नरहेको दावी गरे । गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरुलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै बिचलन भएको चिन्तनको उपज…
काठमाडौँ । प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ । यसैगरी विभागले…
काठमाडौँ । लामो दूरीका यात्रुबाहक सवारी साधनमा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँको नागढुंगा नाकामा ट्राफिक कम्युनिकेशन एपमार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारबाही गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उक्त एपमा सुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंङगा नाकासहित सातै वटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ। २०७५ माघ २८ गतेबाट सुरु भएको यो चेकिङ केही समय,…
काठमाडौं । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालिन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुनेगरि अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरेका हुन् । उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाए । रावलले छैटौं पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पूनरावृत्ति भएको महशुस हुने पनि उल्लेख गरे ।…