काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका हुन् ।
आयातमूखि अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमूखि अर्थतन्त्र विकास गर्न जरुरी रहेको भन्दै पौडेलले निर्यातमूखि अर्थतन्त्रको विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए ।
नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताए ।
मत प्राप्त गरेपनि अब आमनागरिकको मन जित्न जरुरी रहेको नेता पौडेलको भनाइ छ ।
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए ।