Author: admin
काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । यद्यपी निर्वाचन आयोगले भने मतपरिणाम सार्वजनिक गरेको छैन । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती चरणदेखिनै अग्रता बनाएको थियो । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले उनलाई कडा टक्कर दिएका थिए । बीचमा अग्रता बनाएका सायमी अन्तिममा दोस्रो स्थानमा झरे । त्यस्तै, नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य तेस्रो स्थानमा रहे ।
झापा । आइतवार सम्पन्न निर्वाचनको जारी मत गणनामा अनुसार आज विहान साढे ९ बजेसम्म नेपाली कांग्रेस ३ सिटमा निर्वाचित भइसकेको छ । परिणाम अनुसार कांग्रेसको ४६ मा अग्रता कायम रहेको छ । कांग्रेसले पहिलो स्थाल हासिल गरिहरेको छ । यस्तै, नेकपा एमालेले हालसम्म १ जितेको छ । ३६ सिटमा अग्रता हासिल गर्दै नेकपा एमाले दोस्रो स्थानमा छ । माओवादी केन्द्र १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राप्रपा ६ र नेकपा एस ७ सिटमा अग्रता कायम गरिरहेका छन् । नेकपा एस राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा कम सिटमा अग्रता हासिल गरिरहेको छ ।
काठमाडौं । काठमाडौंको क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले झिनो मतान्तरले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका छन्। सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्। मंगलबार बिहान मतगणना सकिएको हो।
काठमाडौं । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै अग्रता लिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार ६ हजार मतको गणना हुँदा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ । प्रारम्भिक मत परिणम अनुसार ओलीले फराकिलो अग्रता बनाएका हुन् ।
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ झापा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणामानुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार शम्भुप्रसाद ढकालले ३२५ मत पाएका छन् । यहाँ नेकपा (एमाले)का उमेदवार एवं निवर्तमान सांसद लालप्रसाद साँवाले १९७, नेपाली कांग्रेसका उमेदवार तथा झापा जिल्ला पार्टी सभापति देउकुमार थेबेले ११५ मत पाएका छन् ।
चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला’ उनले भने । मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुने लामिछानेले बताए ।
झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेनले अग्रता कायम राखेका छन्। १५ सय मत गणना हुँदा लिङदेनले ७४२ र कांग्रेसका कृष्ण सिटौलाले ५९५ मत पाएका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसहित अन्य केही पनि प्रतिस्पर्धामा छन्।
चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । बिहान ९ बजे बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरे पनि प्राविधिक कारणले केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।