Author: admin

तालिबानी आक्रमणमा १४ नेपाली सुरक्षा गार्डको मृत्यु काबुल (अफगानिस्तान) ।  तालिबानी आत्मघाती हमलाकारीले १४ जना नेपाली सुरक्षा गार्ड चढेको मिनिबसमा सोमवार आक्रमण गरेर हत्या गरेको कुरा अफगानिस्तानका गृहमन्त्रीले तथा एक अफगानी सुरक्षा अधिकारीले बताएका छन् ।      आक्रमणमा घाइते नेपालीहरुको काबुलस्थित अस्पतालमा उपचार हुँदै हमलामा परी घाइते भएका एक नेपाली गार्डका अनुसार ती नेपाली सुरक्षा गार्डहरू आफू कार्यरत क्यानाडेली दूतावासतर्फ जाँदै थिए । हालैका दिनमा तालिबानले आक्रमणको शृंखला बढाएका छन् र यो त्यही शृंखलाको पछिल्लो घटना हो । यी आतंककारीले सरकारी कर्मचारी र अफगानी सुरक्षाकर्मीलाई राजधानी काबुल लगायत देशका विभिन्न भागमा आक्रमणको निशाना बनाउने गरेका छन् । अफगानिस्तानको उत्तरपूर्वी…

Read More

काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी १४ जना नेपाली मारिएको घटनाबाट स्तब्ध भएको बताउनुभएको छ । पराराष्ट्र मन्त्रालयले विस्फोटमा १४ जना नेपाली मारिएको र ५ जना घाइते भएको पुष्टि गरे लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको हो । ओलीले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको पनि उल्लेख गर्नुभएको छ । सोमबार बिहान काबुलमा नेपालीहरु चढेको बसमा आत्मघाती आक्रमण हुँदा १४ जना नेपालीको ज्यान गएको थियो । घटनामा ५ जना नेपाली घाइते भएका छन् । मृतक तथा घाइतेको नाम, ठेगाना खुल्न सकेको छैन ।

Read More

काठमाडौं, असार ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफागानिस्तानको काबुलमा भएको आक्रमणमा परि नेपालीको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ । We strongly condemn the horrible tragedy in Kabul. Our deep condolences to people & Govts of Afghanistan & Nepal on loss of innocent lives. — Narendra Modi (@narendramodi)June 20, 2016 प्रधानमन्त्री मोदीले ट्वीट गरेर काबुल आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षागार्डको ज्यान गएको प्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले नेपाल र अफगानिस्तान सरकारप्रति समवेदना प्रकट गर्नुभएको छ । यो दुःखद समयमा नेपाललाई सबै किसिमको सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । काबुलमा सोमबार बिहान तालिबान…

Read More

काठमाडौं, असार ६ । अफगानिस्तानको गृहमन्त्रालयले काबुल आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको पुष्टि गरेको दि न्यूयोर्क टाइम्सले जनाएको छ । अफगानी गृृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आत्मघाती आक्रमणकारीले नेपाली सवार मिनिबसमा विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले अरु ९ जना घाइते भएको समेत जनाइएको छ । ति मध्ये ५ नेपाली र ४ अफगानी रहेका छन् । अफगानी गृहमन्त्रालयले घटनाको निन्दा समेत गरेको छ ।यता नेपाल सरकार भने अझैं पनि मृत्यु भएको हो वा होइन भन्नेबारे स्पष्ट हुन सकेको छैन ।  परराष्ट्र मन्त्रालयले आत्मघाती विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा…

Read More

भद्रपुर । भद्रपुर नगरपालिका कार्यालय भद्रपुर झापाले आइतबार आर्थिक वर्ष २०७२/०७३ को तेस्राे तथा अन्तिम चौमासीक कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । भद्रपुर नगरपालिका कार्यालय भद्रपुरको आयोजनामा  भद्रपुर-१३ काे ग्रामीण प्रशिक्षण केन्द्रकाे सभाहलमा  भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बिभिन्न संघ संस्था का व्यक्ति व्यक्तित्व ,राजनितिक दलका प्रतिनिधि ,कार्यालय प्रमुख, नगरवासी र संचारकर्मी को उपस्थितिमा रहेको थियो । कार्यक्रममा नगरबासिले बिभिन्न बिषयमा अाफ्ना जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाईमा उपस्थित नगरवासीहरुले समसामायिक बिषयमा जिज्ञासा राखेका थिए ।  कार्यक्रममा  मुख्य रुपमा फोहोर व्यवस्थापन , बाटा-नाला निर्माण , तटबन्धन निर्माणका, नगरपालिका भित्र रहेको काम कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा राख्ने…

Read More

काठमाडौं  । प्रधानसेनापति राजेन्द्र क्षत्री साताव्यापी भ्रमणका लागि आज लेबनान जाँदै छन् । विश्व शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको युनिटको निरीक्षण भ्रमणका लागि थापा त्यसतर्फ जान लागेकाे सैनिक प्रवक्ता तारा बहादूर कार्कीले बताए । प्रधानसेनापतिका साथमा रक्षा सचिव महेशप्रसाद दाहाल पनि रहनेछन् । अहिले लेबनानमा नेपाली सेनाका २० जना स्टाफ अधिकृतसहित ८ सय ६९ जना शान्ति सैनिक परिचालित छन् । नेपाली सेना हाल विश्वका १४ द्वन्द्वरत मुलुकमा रहेका १५ वटा मिसनमा विश्व शान्ति स्थापनार्थ खटिइरहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सर्वप्रथम १९५८ मा नेपाली सेना लेबनानमा शान्ति स्थापनाको निम्ति खटिइएको थियो । सुरुमा त्यहाँ पर्यवेक्षक स्टाफकारुपमा पाँचजना नेपाली सेनाका अधिकृत…

Read More

काठमाडौं ।  तराई मधेस लोकतान्त्रिक पार्टी अर्थात तमलोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । नवलपरासीको रामग्राममा ३ दिनसम्म चल्ने छ । महाधिवेशनका लागि काठमाण्डौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट एक हजार प्रतिनिधि र चार सय पर्यवेक्षक रामग्राम पुगेका छन् । महाधिवेशनमा उपस्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका सबै नेतालाई निम्ता पठाईएको तमलोपाले जनाएको छ । महाधिवेशनमा विदेशी प्रधिनिधि पनि सहभागि हुने छन् । २०६४ सालमा स्थापना भएको तमलोपाले पहिलो पल्ट महाधिवेशन गर्न लागेको हो । महाधिवेशनले विधान संशोधन तथा परिमार्जन गर्दै नीति तथा कार्यक्रम पारित गर्ने छ ।

Read More

काठमाण्डाैं ।    कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। कान्तिपुर दैनिकमा समाचार छ। प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन्। आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए। ‘तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ। शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको हो,’ कार्यबाहक राजदूत सुशील लम्सालले टेलिफोनमा भने। उनले नेपालको मेडिकल काउन्सिलले नै अध्ययनका लागि…

Read More

गाैर ।   सुनको औंठी माइतीबाट दाइजो नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरबाट निकाला गरिएको छ। बिवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियरले श्रीमतीलाई घर निकाला गरेका हुन्। भारतको बिहार राज्यका पूर्वी चम्पारण जिल्ला छौडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी बिबाह भएको थियो। बिवाहअघि भएको कबोलअनुसार लवलीका बाबुलाई केटा पक्षलाई काठमाडौंमा घडेरी किन्न १६ लाख नगदसमेत दिएका थिए । अन्नपूर्ण पोष्टमा  समाचार छ।

Read More

काठमाण्डाैं ।   प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ। हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ। एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो। जसमा प्रतिष्ठित चिकित्सकसमेत छन्। उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ। ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्,‘हामीले…

Read More