भद्रपुर । भद्रपुर नगरपालिका कार्यालय भद्रपुर झापाले आइतबार आर्थिक वर्ष २०७२/०७३ को तेस्राे तथा अन्तिम चौमासीक कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
भद्रपुर नगरपालिका कार्यालय भद्रपुरको आयोजनामा भद्रपुर-१३ काे ग्रामीण प्रशिक्षण केन्द्रकाे सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बिभिन्न संघ संस्था का व्यक्ति व्यक्तित्व ,राजनितिक दलका प्रतिनिधि ,कार्यालय प्रमुख, नगरवासी र संचारकर्मी को उपस्थितिमा रहेको थियो । कार्यक्रममा नगरबासिले बिभिन्न बिषयमा अाफ्ना जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाईमा उपस्थित नगरवासीहरुले समसामायिक बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा मुख्य रुपमा फोहोर व्यवस्थापन , बाटा-नाला निर्माण , तटबन्धन निर्माणका, नगरपालिका भित्र रहेको काम कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा राख्ने हरुमा हरि प्रसाद निरौला , माधव बिद्रोही , मीना पराजुली , काशीनाथ घिमीरे, माधव गाैतम, सराेज राज , ज्ञान बहादुर पूरी, भवानी घिमीरे, विष्णु राजवंशी, कृष्ण काफ्ले, युगमणि मैनाली, टेक बहादुर खड्का, अर्जुन बिष्ट, युवराज काफ्ले, हरि उप्रेती, सुशीला बान्तवा, देबेन्द्र गाैतम रहेका थिए।
नगरपालिकाले सम्पादन गरेका कार्यहरुका बिषयमा रहेर नगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा नगरबासीहरूका जिज्ञासालाई नगरपालिकाका कार्यकारी अधिकृत संतोष घिमिरे र नगरपालिका का इन्जिनियर याेगेन्द्र रञ्जितकारले संबाेधन गरेका थिए ।
भद्रपुर नगरपालिका कार्यालय भद्रपुरका कार्यकारी अधिकृत संतोष घिमिरेको अध्यक्षता, स्थानीय विकास अधिकारी खेमराज अाेझाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम को सहजीकरण नागरिक एफ एम भद्रपुरले गरेको थियो भने कार्यक्रम को संचालन नागरिक एफ एमका गोपाल गिरी र इश्वर अधिकारीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमकाे अाैचित्य माथि प्रकाश र उपस्थित नगरबासीलाइ स्वागत नागरिक एफ एम भद्रपुरका प्रवन्ध निर्देशक चिन्तामणि दहालले गरेका थिए ।