Author: admin
काठमाडौं । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त आत्मकथा ‘जीवन काँडा कि फूल’को हिन्दी संस्करण आज(मंगलबार) सार्वजनिक हुँदैछ । नेशनल बुक ट्रस्ट इन्डियाले सो पुस्तकको हिन्दी संस्करण प्रकाशन गरेको हो । पुस्तकलाई सिक्किमका सीपी गिरीले हिन्दी अनुवाद गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा सहभागी हुने कार्यक्रममा आज राजधानीमा पुस्तकको विमोचन गरिनेछ । ‘जीवन काँडा कि फूल‘ कृतिबाट झमकले ०६८ सालको मदन पुरस्कार पाएकी थिइन् । सो पुस्तकमा उनले आफ्नो जीवनका पीडा र संघर्ष लेखेकी छन् । पुस्तक विमोचन कार्यक्रममा उनकै आत्मकथाको पुस्तकमा आधारित फिल्मको गीति क्यासेटसमेत सार्वजनिक गरिने झमक घिमिरे साहित्य कला प्रतिष्ठानले जनाएको छ । यस्तै झमककै…
सर्लाही । सर्लाहीको मूर्तियामा सुकुम्बासीसँग झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । सागरथान वन विकास परियोजनाको २९ सय हेक्टर जमिन अतिक्रमण गरेर बसेका सुकुम्बासीले लगाएको मकै फाँड्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । झडपको क्रममा सुकुम्बासीले ढुंगा प्रहार गरेपछि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो । वन परियोजनाको जग्गामा झण्डै ८ हजार घरपरिवारले खेती गरेका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । जुनो उपग्रह बृहस्पतिको कक्षमा पुगेको नासाले जनाएको छ । जुनोले बृहस्पतिलाई परिक्रमा गर्न सुरु गरेको नासाका वैज्ञानिकले बताएका छन् । जुनो उपग्रह पाँच वर्ष अघि नासाले छोडेको थियो । यसअघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यति नजिक पुगेका थिएनन् । पृथ्वी भन्दा ११ गुणा ठूलो बृहस्पतिले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ । जुनो उपग्रहले बृहस्पति ग्रहको कक्षमा फालेको रकेट इन्जिनले काम गर्न थालेको नासाका वैज्ञानिकले बताएका छन् । त्यहाँबाट रेडियो म्यासेज पनि आउन थालेको छ । ८० करोड किलोमिटर परबाट सन्देश क्यालिफोर्नियामा रहेको जुनो मिसनको कन्ट्रोल रुमा…
झापा । प्रेस चौतारी झापाले ‘सचेत नागरिक समूह झापा’को भूमिगत गतिविधिमा नाम जोडिएका पत्रकार महासङ्घका जिम्मेवार सदस्यको विषयमा छानविन गर्न माग गरेको छ । चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले सोमवार प्रेस विज्ञप्ति प्रकाशित जारी गर्दै महासङ्घका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीका बारेमा छानविनको माग गरेका हुन् । चिकित्सकीय मर्यादा र भूमिकाको विषयलाई लिएर प्रश्न उठाउन सकिने प्रशस्त आधारहरू भए पनि सचेत नागरिक समूहका नाममा पत्रकारले आफूलाई भूमिगतरुपमा प्रस्तुत गर्ने गराउने गतिविधि निन्दनीय हर्कत भएको चौतारीको विज्ञप्तिमा उल्लेख छ । घटनाका विषयमा पत्रकार महासङ्घ झापाले छलफलका लागि बैठक नबोलाएकोमा आश्चर्य जनाउँदै विज्ञप्तिमा महासङ्घको आधिकारिक धारणा सार्वजनिक हुनु पर्ने समेत…
प्युठान । प्युठानमा पहिरोका कारण एकै परिवारका पाँचसहित ८ जनाको ज्यान गएको छ । सोमबार राति आएको पहिरोका कारण जिल्ला प्रहरीका अनुसार प्युठानको रजवारामा एकै परिवारका पाँच जना र पूजा गाविसमा तीन जनाको ज्यान गएको हो । रजवारा–३ नेटामा पहिरोले पुर्दा ४१ वर्षका दुर्गाबहादुर मल्ल, उहाँकी श्रीमती ३७ वर्षकी सीता मल्ल तथा १० वर्षकी छोरी सुशीला, चार वर्षकी लेखा र डेढ वर्षकी सिर्जनाको ज्यान गएको हो । मल्ल परीवारका तीन जना भने शकुसल छन् । एक जना छिमेकीको घरमा बस्न गएकाले बाँच्न सफल भएका हुन् भने दुई जना घरको बाहिर बार्दलीमा सुतेकाले पहिरो आएको थाहा पाएर भागेर बाँच्न सफल भएका हुन्…
काठमाण्डाैं । त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद गरियो ४ हजार ४ सय अमेरिकी डलर। कान्तिपुर दैनिकमा समाचार छ। शौचालयमा नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्टलाई पछि फिर्ता गर्ने गरी उक्त रकम दिँदै गर्दा आइतबार उनी प्रहरीद्वारा गिरफ्तार भएका हुन्। केही दिनअघि मात्रै अवैध अमेरिकी डलरसहित विमानस्थलकै अर्का कर्मचारी पनि पक्राउ परेका थिए। विमानस्थल सफाइ कर्मचारी भरत सञ्जेल ८ हजार अमेरिकी डलरसहित असार ७ मा पक्राउ परेका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज…
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउने चौथो प्रयास पनि असफल भएपछि नेपाल प्रहरीमा पाँचौं खेल सुरु भएको छ । केही प्रहरी अधिकारीको स्वार्थपूर्तिका लागि प्रहरी नियमावली नै संशोधन गरी आईजीपी फाल्ने खेल सुरु भएको हो । स्रोतका अनुसार आईजीपीको पदावधि तीन बर्ष बनाएर उपेन्द्रकान्त अर्याललाई हटाउने खेल सुरु भएको छ । त्यसैका लागि प्रहरी नियमावली संशोधन गर्न लागिएको छ । बिनाकारण दुई महिनादेखि मन्त्रिपरिषद्मा प्रहरी नियमावलीको संशोधन मस्यौदा रोकिएको छ । केही प्रहरी अधिकारीहरुले नै उक्त मस्यौदा रोकेको स्रोत बताउँछ । हाल प्रहरी नियमावलीमा आईजीपीको पदावधी चार बर्ष हुने प्रावधान छ । जसअनुसार प्रहरी महानिरीक्षक अर्यालको कार्यकाल आगामी फागुनको पहिलो…
काठमाण्डाैं । नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ। नागरिक दैनिकमा समाचार छ। सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठिरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो। सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्पप्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको कांग्रेसको आरोप छ। ‘सरकारले गरेका कामको अनुगमन गर्न तीन÷चारवटा मन्त्रालय एउटैले हेर्ने गरी जिम्मेवारी तोकिएको छ,’ कांग्रेस सांसद मोहन बरालले भने,‘कार्यविभाजन गरेर सबै मन्त्रालयको काम अनुगमन प्रभावकारी बनाउँछौ।’ कांग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारी कामको प्रभावकारी अनुगमन…
काठमाण्डाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका हुन्। अन्नपूर्ण पोस्टमा समाचार छ। प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा भएको दुई घन्टा लामो छलफलका क्रममा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिएका छन्। प्रचण्डले गत बैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिकरुपमा अप्ठ्यारो पर्ने बताएका थिए। सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ। बजेट पारित नहुन्जेलसम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र…
काँकरभिट्टा । झापा खेलकुद विकास समितिद्वारा आयोजित पतञ्जली योग शिविरमा योगाभ्यास गर्ने प्रशिक्षार्थीहरुको सङख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानव स्वास्थ्यलाई ध्यानमा राखेर उक्त समितिले यहि जेष्ठ ११ गते देखि काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा सञ्चालनमा ल्याएको १५ दिने सो शिविरमा योग अभ्यासमा रुची राख्ने स्थानीयहरुको सङ्ख्या बढ्दै गएको हो । योगा, शारीरिक व्यायाम, प्राणायाम, आसन लगायत विभिन्न विधाहरुमा दैनिक विहान दई घण्टा प्रशिक्षण गराइने शिविरमा १८ देखि ६५ वर्ष उमेर समूहका महिला र पुरुष गरी करिब ७० जनाले सहभागिता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङकर थापाले बताए । ‘योग र खेलकुदको सम्बन्ध नङ र मासुको झैं छ’, अध्यक्ष थापाले…