सर्लाही । सर्लाहीको मूर्तियामा सुकुम्बासीसँग झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् ।
सागरथान वन विकास परियोजनाको २९ सय हेक्टर जमिन अतिक्रमण गरेर बसेका सुकुम्बासीले लगाएको मकै फाँड्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
झडपको क्रममा सुकुम्बासीले ढुंगा प्रहार गरेपछि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो । वन परियोजनाको जग्गामा झण्डै ८ हजार घरपरिवारले खेती गरेका छन् ।
Facebook Comments Box