झापा । प्रेस चौतारी झापाले ‘सचेत नागरिक समूह झापा’को भूमिगत गतिविधिमा नाम जोडिएका पत्रकार महासङ्घका जिम्मेवार सदस्यको विषयमा छानविन गर्न माग गरेको छ ।
चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलले सोमवार प्रेस विज्ञप्ति प्रकाशित जारी गर्दै महासङ्घका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीका बारेमा छानविनको माग गरेका हुन् ।
चिकित्सकीय मर्यादा र भूमिकाको विषयलाई लिएर प्रश्न उठाउन सकिने प्रशस्त आधारहरू भए पनि सचेत नागरिक समूहका नाममा पत्रकारले आफूलाई भूमिगतरुपमा प्रस्तुत गर्ने गराउने गतिविधि निन्दनीय हर्कत भएको चौतारीको विज्ञप्तिमा उल्लेख छ ।
घटनाका विषयमा पत्रकार महासङ्घ झापाले छलफलका लागि बैठक नबोलाएकोमा आश्चर्य जनाउँदै विज्ञप्तिमा महासङ्घको आधिकारिक धारणा सार्वजनिक हुनु पर्ने समेत माग गरिएको छ ।
Facebook Comments Box