Author: admin

काठमाण्डौं । अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली वेलायत प्रस्थान गरेको छ । नेपाली टिम जेट एयरवेजमार्फत भारतको दिल्ली हुँदै वेलायत प्रस्थान गरेको हो । नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेल्ने छ । साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बिच वेलायतको लड्स मैदानमा खेल हुनेछ । यस्तो मौका बारम्बार नआउने भएकाले लड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् । तस्बिर सौजन्य रमण शिवाकोटी

Read More

काठमाण्डौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुरुप समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र प्रहरीसँगको सम्वन्ध सुदृढ पार्ने लक्ष्यसहित आज देशैभर प्रहरी मेरो साथी कार्यक्रमको शुभारम्भ गरिएको छ । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणामा आवद्ध गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रमले देशैभरका प्रहरीको सञ्जाल निर्माण गर्दै प्रहरी सेवालाई नागरिक मैत्री बनाईने भएको हो । यस अभियानको काठमाडौंमा सुरुवात गर्दै गृहमन्त्री शक्ति वस्नेतले समग्र सुरक्षा व्यवस्थालाई पहिलेभन्दा गुणात्मक रुपले सुदृढ बनाउन सफलता मिल्ने विश्वास व्यक्त गरे । उनले जनतासँगको सहकार्यबाट सञ्चालित प्रहरी मेरो साथी अभियानले नागरिकप्रति उत्तरदायी बन्न…

Read More

रसुवा ।  आइतबार रातिदेखि परेको पानीको कारण पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । पानी परेसँगै जिल्लाको खोप्पाङ भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । बाटो खुलाउनका लागि स्काइभेटर प्रयोग गरिए पनि पहिरो ठूलो भएका कारण केही समय लाग्ने लाग्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले बताए ।

Read More

युएई ।  युएईमा हृदयघातका कारण एक युवाको ज्यान गएको छ । तनहुँका २५ बर्षे पुरन केसीको ज्यान गएको हो । शनिबार काममा जाने तयारी गरिरहेकाबेला एक्कासि मुटु दुखेपछि अस्पताल लैजाने तयारी गर्दागर्दै केसिको निधन भएको हो । केसि तीन वर्षदेखि दुबईको अल फजिर सेक्युरिटी कम्पनीमा कार्यरत रहेको उनका सहकर्मी शमशेर लिम्बुले जानकारी दिए । प्रवासि नेपाली मन्च युएई मार्फत दुतावासमा समन्वयब गरेर शब नेपाल पठाउने तयारी भइरहेको पथरी समाज युएईका कृष्ण पौडेलले जानकारी दिए ।

Read More

काठमाण्डौं । भारत प्रशासित काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा मृत्यु हुनेको सङ्ख्या आइतबार १८ पुगेको छ । करिब २०० जनाभन्दा बढी मानिस घाइते भएको आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा एक प्रहरी अधिकारी र अन्य १७ जना प्रदर्शनकारी भएको बताइएको छ । प्रहरी कारबाहीमा २२ वर्षीय हिजबुल मुजाहिद्दिन विद्रोही समूहका युवा नेता बुरहान वानीको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले शनिबारको प्रदर्शनका क्रममा प्रहरीको एउटा गाडीलाई नदीमा धलेलिदिएपछि गाडीभित्र रहेका एक प्रहरीको मृत्यु भएको थियो । हिज्बुल मुजाहिद्दिनका कमाण्डर वानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै…

Read More

काठमाण्डौं ।  युरोकपको उपाधि जितेको पोर्चुगलले उपाधि सँगसँगै मोटो रकम पनि हात पारेको छ । युरोकपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्ब ३९ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार रकम छुट्याएको छ । युइएफएले घोषणा गरे अुनसार पोर्चुगलले २ करोड ५५ लाख युरो अर्थात २ अर्ब ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाएको छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो । युइएफएले तयारी खर्च ८० लाख पाउण्ड, उपाधि जितेकोमा ८० लाख पाउण्ड, सेमिफाइनल पुगेकोमा ४० लाख पाउण्ड, क्वाटर फाइनल पुगेकोमा २५ लाख…

Read More

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको यो वर्षको नारा ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने तय गरिएको छ ।

Read More

काठमाण्डौं । चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ । एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थोडक्स चिया उत्पादन गदाए ४।०६ किलो कार्बनडाइअक्साइड उत्सर्जन भइरहेको पत्ता लागेको हो । करिब ४ वर्ष लगाएर गरिएको अध्ययनले अर्गानिक चियामा लगाइने १ किलो मात्र उत्पादन गर्दा २.०७ किलो कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको देखाएको छ । अध्ययन रिपोर्टअनुसार बिजुली र जेनेरेटर प्रयोग गरी १ किलो तयारी चिया बनाउँदा ०.१५ किलो, कोइला…

Read More

काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा दुई जोडी एक सिंगे गैँडा उपहार दिइने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई भाले–पोथी दुई जोडी एकसिंगे गैँडा दिने निर्णय गरेको हो । चीनको स्वतन्त्रता दिवसको अवसर पारेर १ अक्टोबरमा उपहार दिइने योजना बनाइएको वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले जानकारी दिए । चीन सरकारको विशेष अग्रहमा नेपालले गैँडा उपहार दिन लागेको मन्त्री सापकोटाले बताए । उनले भने, ‘यस निर्णयले नेपाल–चीन दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा लिएका छौँ ।’ मन्त्री सापकोटाले गत १३ जनवरीमा गरेको चीन भ्रमणका अवसरमा चिनियाँ वनमन्त्री चाङ च्याङलोङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तामा चाङले…

Read More

काठमाण्डौं ।  गाई–भाइ पार्टीका तीन मन्त्रीले सम्हालिरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनेक अनियमितताका खबर प्रकाशमा आइरहेका बेला अर्को कमाउ धन्दा फेरि चर्चामा आउने संकेत देखिएको छ । देशभरका नगरपालिकालाई उज्यालो पार्ने भन्दै गत माघ महिना घोषणा गरिएको ‘सडकमा सौर्य बत्ती जोड्ने कार्यक्रम’ मा दुई मन्त्रीले आर्थिक वर्षको अन्तिम मौका छोपी राम्रै शुभलाभ लिने सिक्वेन्स मिलाएपछि यो विषय स्थानीय विकास मन्त्रालय हुँदै बाहिर आइपुग्ने अवस्थामा पुगेको हो । सरकारको ६० प्रतिशत अनुदानमा सञ्चालित सौर्य बत्ती कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका राज्य मन्त्री कुन्तीकुमारी शाही र सहायक मन्त्री रेशम लामाले मनपरी गर्दै सौर्य उर्जा कार्यक्रमलाई कमाउको भाँडो बनाउन…

Read More