युएई । युएईमा हृदयघातका कारण एक युवाको ज्यान गएको छ । तनहुँका २५ बर्षे पुरन केसीको ज्यान गएको हो ।
शनिबार काममा जाने तयारी गरिरहेकाबेला एक्कासि मुटु दुखेपछि अस्पताल लैजाने तयारी गर्दागर्दै केसिको निधन भएको हो । केसि तीन वर्षदेखि दुबईको अल फजिर सेक्युरिटी कम्पनीमा कार्यरत रहेको उनका सहकर्मी शमशेर लिम्बुले जानकारी दिए ।
प्रवासि नेपाली मन्च युएई मार्फत दुतावासमा समन्वयब गरेर शब नेपाल पठाउने तयारी भइरहेको पथरी समाज युएईका कृष्ण पौडेलले जानकारी दिए ।
Facebook Comments Box