रसुवा । आइतबार रातिदेखि परेको पानीको कारण पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । पानी परेसँगै जिल्लाको खोप्पाङ भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो ।
बाटो खुलाउनका लागि स्काइभेटर प्रयोग गरिए पनि पहिरो ठूलो भएका कारण केही समय लाग्ने लाग्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले बताए ।
Facebook Comments Box