Author: admin
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको छ। माओवादी केन्द्रको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिए । माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार संकटमा परेको छ । माओवादीले बजेट पारित नहुँदासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने बताउँदै आएपनि मंगलबारको केन्द्रीय कार्यालयको बैठकले फिर्ता लिने निर्णय गरेको हो ।
विर्तामोड । नेपाल पत्रकार महासंघ झापा तथा पत्रकारका विभिन्न संगठनले जिल्ला प्रशासन कार्यालय झापाबाट प्रेस स्वतन्त्रताको मान्यता विपरीत कार्य भएको भन्दै आपत्ति जनाएका छन् । पत्रकार महासंघ झााप शाखाको सोमवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठकले सञ्चारमाध्यममा प्रकाशित सामग्रीका विषयमा जिल्ला प्रशासन कार्यालयले पूर्वाञ्चल दैनिकका नाममा निर्देशनात्मक स्पष्टीकरणको पत्र पठाउने कार्य प्रेस स्वतन्त्रताको मान्यता विपरीत भएको ठहर गरेको छ । महासंघसहित संगठनहरुले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने कार्य तत्काल बन्द गर्न सरकार समक्ष माग गरेको छ । सचेत नागरिक समूह झापाको विषय जोडेर विभिन्न सञ्चारमाध्यममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीलाई आघात पुग्ने गरी समाचार…
दक्षिण सुडानमा युद्धविरामको घोषणा भएको छ । केही दिनदेखि चलिरहेको हिंसात्मक झडपपछि राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचारले युद्धविरामको घोषणा गरेका हुन् । गएको बिहीबारदेखि राजधानी जुबामा राष्ट्रपति किर र उपराष्ट्रपति मचारको पक्षमा रहेका सैनिकबिच झडप भएको थियो । त्यसक्रममा दुई सय जना भन्दा धेरैको ज्यान गएको छ । झडपको क्रममा ठूलो मात्रमा तोप, ट्यांक तथा हेलिकप्टरको पनि प्रयोग भएको थियो । हिंसा भड्किँदै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले दुवै पक्षलाई लडाइँ रोक्न आह्वान गरेको थियो । सुरक्षा परिषदले पछिल्लो संघर्षले विश्वको कान्छो राष्ट्रका लाखौं नागरिकको सुरक्षामा खतरा रहेको भन्दै निन्दा गरेको थियो । सुरक्षा परिषदले दक्षिण सुडानमा शान्ति…
काठमाण्डौं । विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिाड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु चोरी गरेका उनीहरू आइतबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जेभियर सेमिनारियो, अलिपियो ओरोग्पिना र लुइस बेगा छन् । पेरुका चोरहरूले गत शनिबार दिउासो भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट दुई लाख भारु चोरी गरेका थिए । अंकिताले आफ्नो झोला भुइामा राखेर काउन्टरमा फर्म भर्न लागेका वेला उनीहरूले चोरी गरेका हुन् । ‘उनीहरू पेसेवर चोर रहेछन्,’ विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले भने, ‘चोरी गर्नकै लागि उनीहरू नेपाल आएको देखिन्छ ।’ उनीहरू पेरुबाट ब्राजिल, तान्जेनिया हुँदै नेपाल…
काठमाण्डाैं । शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआएर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ। विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार यस्ता शिक्षकको विवरण संकलन गर्न शिक्षा विभागलाई निर्देशन दिइएको छ। ऐन अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले यसअघि डीभी पिआर वा अन्य कुनै किपिसमका स्थायी आवासिय अनुमति लिएको पाइएमा त्यस्ता शिक्षक कर्मचारीलाई भविष्यमा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ। तर ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्रमा आफूले लिएको स्थायी आवासीय अनुमति तथा अनुमतिका लागि दिएको…
काठमाण्डौं । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ । यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६।६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्राष्ट्रियमा हवाईइन्धनमा २२।७७ रुपैया नाफा छ ।…
काठमाण्डौं । देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको छ । पार्टीको म्यान्डेटअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका काम एमाले नेतृत्वको गठबन्धनबाट सम्भव नदेखिएको भन्दै प्रचण्डले ओलीसँग बाटो खोलिदिन आग्रह गरेका हुन् । सत्तासाझेदार माओवादीले पहिलोपटक प्रस्ताव गरेको हो । राजीनामा दिन ओलीलाई प्रचण्डको आग्रह बिहान १२ बजेसम्म पार्टी हेडक्वार्टरको बैठकमा सरकारकै एजेन्डामा केन्द्रित रहेर छलफल गरेका प्रचण्डले…
काठमाडौं–गोल्डक्वेष्ट नामक कम्पनीबाट नेपालमा सुरु भएको नेटवर्किङ व्यवसायको अवैध धन्दा हर्बो र यूनिटी इन्टरनेशनलसम्म पुग्दा लाखौं नेपाली ठगिए । यूनिटीका संचालकहरुलाई जेल हालेपछि नेटवर्किङ बन्द भयो । तर फेरि पछिल्लो एक वर्षमा देशमा एक दर्जन नेटवर्किङ कम्पनीहरु सक्रिय भइसकेका छन् । अहिले विभिन्न मार्केटिङको नाममा उनीहरुले हजारौं नेपालीलाई नेटवर्किङ कम्पनीहरुले जालमा पारिसकेका छन् । तर प्रशासनले कुनै चासो दिएको छैन । नेपालमा दुई वर्षदेखि आईबोस नामक कम्पनीले नेटवर्किङको धन्दा चलाइरहेको छ । पहिला यूनिटीका व्यक्तिहरु अहिले आईबोस कम्पनीका एजेन्ट बनेर पैसा उठाइरहेका छन् । उक्त कम्पनीमा प्रमुख हब खड्का हुन् । चितवन घर भएका उनी प्राय: बिदेशमा बस्छन् । नेपालमा…
काठमाण्डौं । भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए । नेपाली सेनाका लागि दिएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जवरालाई हस्तान्तरण गरेका थिए । उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुर्इ पटकको मर्मत तथा नेपाल…
विर्तामोड । पूर्वि नेपालको काँकरभिट्टाबाट प्राय जसो नेपालका अधिकांश ठाउँका लागि गाडि छुट्छन् । यात्रुबाहक बस आउने र जाने क्रम निरन्तर चलिरहन्छ हेर्दा लाग्छ धेरै गाडी एकै किसिमका हुन् । बसका अगाडी राखिएका बोर्डले पनि त्यस्तै संकेत देखाउँछ । बसमा राखिएको ‘ननस्टप’ शब्द जसले धेरै यात्रुको ध्यान खिच्छ सोही बसमा चढेर छिट्टै गन्तव्य पुग्ने अभिलाषा क्षणभरमै हराउँछ । यात्रारत धेरै यात्रुले सोचेका हुन्छन् ‘ननस्टप’ कही कतै पनि नरोकिकन गन्तव्य सम्म पुर्याउने गाडी । यात्रुहरुले यसै भनेर बुझ्छन् सबैको चाहना पनि गन्तव्यमा छिटै पुगौ भन्ने हुन्छ तर त्यस्तो अगाडी बोर्डमा लेखिए जस्तो न ति गाडी ननस्टप समयमै पुग्छन् न समयमै…