काठमाण्डौं । नेकपा माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको छ।
माओवादी केन्द्रको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार संकटमा परेको छ । माओवादीले बजेट पारित नहुँदासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने बताउँदै आएपनि मंगलबारको केन्द्रीय कार्यालयको बैठकले फिर्ता लिने निर्णय गरेको हो ।
Facebook Comments Box