Author: admin

विर्तामोड । मंगलबार आषढशुक्ल पूर्णिमा, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गर्ने शिक्षकलाई मिठा परिकारसहित उपहार पनि दिने चलन छ । यस दिनलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ । यो दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीबिच आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याको क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

Read More

विर्तामोड । बंगलादेश सरकारले दिएको अनुदानको चामल लिएर आएका १७ वटा ट्रक नेपाल खाद्य संस्थानका एकजना सरुवा भएर गएका कर्मचारीका कारण खाद्य संस्थानमा अनलोड हुन सकेका छैनन् । नेपाल खाद्य संस्थानको विर्तामोड गोदाममा थन्क्याउन चामल लिएर आएका ति ट्रक संस्थानकै पूर्व स्टोर किपर यज्ञप्रताप अधिकारीले संस्थानमा काम गर्ने बाहेकका मजदुरलाई संस्थानको हाताभित्र प्रवेश गर्न नदिएपछि एक दिनमा बढीमा ६ वटा ट्रकमात्र अनलोड हुन पाएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ । संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जैसवालले हालै सरुवा भएर अन्यत्र गएर पूर्व स्टोरकिपर अधिकारीको असहयोगका कारण समयमा ट्रक अनलोड हुन नपाएको बताए । उनले भने, ‘पहिला उहाँ हुँदा बाहिरका…

Read More

काठमाण्डौ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो। आयोगले स्थानीय तह पुनर्संरचनाका लागि पाँच आधार तय गरेको छ। आयोगका सदस्यसचिव डा. हरि पौडेलका अनुसार भौगोलिक क्षेत्रअनुसारको जनसंख्या वितरण, क्षेत्रफल, जिल्ला समन्वय समितिको संरचना, विद्यमान स्थानीय निकायको संख्याको अनुपात र जिल्लाको प्रकृतिका आधारमा स्थानीय तहको संख्या निर्धारण गरिएको हो। आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार आयोगबाट स्थानीय संख्या निर्धारण गरेपछि स्थानीय विकास अधिकारीको नेतृत्वमा गठन भएका प्राविधिक समितिले ८ साउनदेखि मसान्तसम्म स्थानीय तहको सीमांकन, वडा विभाजनलगायतका काम…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको भन्दै नयाँ गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रलाई स्पष्ट पार्न प्रस्ताव गरेका छन्।कान्तिपुर दैनिकमा समाचार छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार साँझ बालुवाटार बोलाएर ओलीले यस्तो प्रस्ताव राखेका हुन्। संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए। ओलीले ‘मिलेर जाने कि द्वन्द्व चर्काउने ?’ भन्दै प्रश्न गरेका थिए। ‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘होइन असहमति नै हो भने त सबैले…

Read More

काठमाण्डौ । अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीका सर्मथक ‘रेजिडेन्ट’ चिकित्सकले दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको त्रिवी शिक्षण अस्पतालको ओपीडि सेवा मंगलबार देखि बहिष्कार गर्ने निर्णय गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। यसअघि डा. केसीका सर्मथक विद्यार्थीको दबाबले संस्थानको पठनपाठन प्रभावित बन्दै आएकोमा रेजिडेन्ट चिकित्सकले काम गर्न छाड्नेबित्तिकै अस्पतालको आधा सेवा प्रभावित हुनेछ। विशेषज्ञ चिकित्सकहरुले मात्र बिरामीलाई सेवा दिने कठिन हुने भन्दै अस्पताल प्रशासनले चिन्ता व्यक्त गरेको छ। ‘शिक्षण अस्पताल काठमाडौंसँगै दूरदराजबाट सिफारिस गरिएका विरामीले भरिने अस्पताल हो। जहाँ रेजिडेन्ट चिकित्सककको पनि ठूलो भूमिका र दायित्व हुन्छ,’अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले भने,‘जुन कुरामा हमीले…

Read More

काठमाण्डौ । राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्। नागरिक दैनिकमा समाचार छ। त्यो भिडियो आफूसँग् सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे। कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता…

Read More

काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले अनसनरत डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिएको छ । त्रिवी शिक्षण अस्पतालमा पुगेर डाक्टर केसीको स्वास्थ्य अवस्था बुझेपछि समितिले सरकारलाई डाक्टर केसीका माग तत्कालै सम्बोधन गर्न निर्देशन दिएको हो । यसअघि गरेका सहमति पनि कार्यान्वयन नभएको र नयाँ माग पनि जायज रहेकाले उहाँका मागमा गम्भीर हुन, प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिइएको समितिका सभापति सुशिल कुमार श्रेष्ठले जानकारी दिए । समितिका सदस्यसँग डाक्टर केसीले आफूलाई सरकारी पक्षले सहयोग नगरेपनि आफ्नो आन्दोलन नरोकिने बताएका थिए । तर डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न सामाजिक न्याय तथा मानव अधिकार…

Read More

काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकले साउन भरका लागि अन्तरक्रियात्मक आन्दोलनका कार्यक्रम तय गरिएको हो । यस्तै बैठकले प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्न सुझाव दिएका छन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोली मंगलबार बिहान बस्ने भएको छ । बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक स्थितिका बारेमा छलफल हुनेछ । कांग्रेस र माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गराइसकेका छन् । कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्ने सहमति यसअघि नै गरिसकेको थियो । त्यो सहमतिमा बारेमा पनि केन्द्रीय कार्य समिति बैठकमा छलफल हुनेछ ।

Read More

काठमाडौं । सोमबार बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनदेखिको राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न प्रचण्ड र देउवालाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भेटमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक स्थितिका बारेमा पनि छलफल हुनेछ । समासामयिक राजनीतिक घटनाक्रमसँगै अरु कस्ता विषयमा कुराकानी हुन्छ भन्ने कुरा बाहिर आएको छैन ।

Read More