काठमाडौं । सोमबार बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले केही दिनदेखिको राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न प्रचण्ड र देउवालाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भेटमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक स्थितिका बारेमा पनि छलफल हुनेछ ।
समासामयिक राजनीतिक घटनाक्रमसँगै अरु कस्ता विषयमा कुराकानी हुन्छ भन्ने कुरा बाहिर आएको छैन ।
Facebook Comments Box