Author: admin

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने भएको छ ।बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भनिएको छ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्दै एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बस्दै छ । दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै शक्ति बाँडफाँटका अन्य विषयमा समेत छलफल हुन लागेको छ। दाहाललाई प्रधानमन्त्री बनाउन एमाले, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र तीन सांसद गरि १६९ सांसदले समर्थन गरेका छन्। आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी-एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ । अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा…

Read More

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो । सपथ ग्रहणलगत्तै सोमबार नै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ । केही महत्वपूर्ण मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भइरहेको बुझिएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेकाले अन्य भागवण्डाको विषयमा विस्तृत छलफल गरि मिलाउनु पर्ने भएकाले तत्काल सानो मन्त्रिमण्डल बनाउने तय भएको हो । प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो ।  ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध…

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए। यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकिएको छ।

Read More

काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुवाटार बाहिरिएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

Read More

काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।

Read More

काठमाडौँ। पहिलो चरणमै प्रधानमन्त्री नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएको छ । आज बिहान बसेको माओवादी नेताहरूको बैठकले सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। माओवादी केन्द्रले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकोछ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

Read More

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ ।नेताद्वयबीच मात्र वार्ता भइरहेको हो । सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको पहिलो समय आज सकिनै लाग्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीचको वार्ता जारी छ । नयाँ सरकारको नेतृत्वका लागि यी दुवै नेताले पहल गरिरहेका छन् ।

Read More

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतवार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास…

Read More