काठमाडौँ। पहिलो चरणमै प्रधानमन्त्री नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएको छ ।
आज बिहान बसेको माओवादी नेताहरूको बैठकले सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
माओवादी केन्द्रले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकोछ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।
Facebook Comments Box