काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्दै एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बस्दै छ ।
दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै शक्ति बाँडफाँटका अन्य विषयमा समेत छलफल हुन लागेको छ।
दाहाललाई प्रधानमन्त्री बनाउन एमाले, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र तीन सांसद गरि १६९ सांसदले समर्थन गरेका छन्।
आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी-एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।
अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरू लागेका छन् । आजको बैठकमा त्यसको पनि छलफल हुने बताइएको छ।
Facebook Comments Box