Author: admin

काठमाडौँ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Read More

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् । प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आह्वान भएको हो । 

Read More

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मालोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मालोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् । तर अहिलेको अवस्थामा बिप्लवले आत्मालोचना गर्ने नदेखिएको उनको भनाइ छ । त्यस्तै बास्तोलाले हालैसम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताए । उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने उनको भनाइ छ । बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफूहरुको कुनै आक्रोश…

Read More

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले…

Read More

गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो । विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ तर सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् ।

Read More

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान प्रदेश-१, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् । पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ । उनीहरूकै कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले…

Read More

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका हुन्। तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ। सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‍देनले सरकारमा सहभागी नहुने जानकारी दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा राप्रपा सहभागी नहुने जानकारी गराएको उनले बताए। ‘हामी अहिले सरकारमा जाँदैनौ। तपाईँहरु सल्लाह गरेर, मिलेर जानुस्।हाम्रो सहयोग सधैं रहन्छ भनेर मैले भनेको छु,’ लिङ्देनले भने।

Read More

पुष्पकल दाहाल नेतृत्वको सरकारमा एमालेबाट पहिलो चरणमा ४ जना सहभागी हुने भएका छन्। एमालेबाट विष्णु पौडेलसहित ज्वाला कुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्दैछन्। पौडेल उपप्रधानसहित सरकारमा जाने भएका हुन्।माओवादी र रासवपाबाट एक-एक जना मन्त्रीले आजै शपथ लिने भएका छन्।

Read More