काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ।
सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी नहुने जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा राप्रपा सहभागी नहुने जानकारी गराएको उनले बताए।
‘हामी अहिले सरकारमा जाँदैनौ। तपाईँहरु सल्लाह गरेर, मिलेर जानुस्।हाम्रो सहयोग सधैं रहन्छ भनेर मैले भनेको छु,’ लिङ्देनले भने।
Facebook Comments Box