Author: admin

विर्तामोड । झापाली समाज युएईले बिहिबार विर्तामोडमा एक कार्यक्रम गरि युएईमा मृत्यु भएका आफ्ना सदस्यका परिवारलाई राहत तथा सहयोग रकम  हस्तान्तरण गरेको छ । झापामा स्थाइ बसोवास भई  वैदेशिक रोजगारिका क्रममा युएईमा मृत्यु भएका आफ्ना सदस्यका परिवारलाई राहात रकम वितरण गरीएको समाजले जनाएको छ । कार्यक्रममा  झापा  धाईजन  स्थाई घर भई  रोजगारीका क्रममा  युएईमा मृत्यु भएका  विशाल मेचेकाे परिवारलाई  समाजका केन्द्रिय सदस्य  मित्रलाल पोख्रेलले दुईलाख रुपैयाँको चेक  तथा समवेदना पत्र प्रदान गरेका थिए । त्यसैगरी रोजगारीका लागि युएई  गएका बेला मृत्यु भएका झापा चन्द्रगढीका लव सुवेदी तथा बाहुनडाँगीका प्रकास सुब्बाको  परिवारलाई  समेत जनहि ५१ हजार रुपैयाँको चेक  र समवेदना पत्र…

Read More

काठमाण्डौं ।  विश्व फुटबल बरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो । दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । १ सय ५० औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ । भारत १ सय ५२ औँ, माल्दिभ्स १ सय ७४ औँ र बंगलादेश १ सय ८३ औँ स्थानमा छन् । यस्तै भुटान १ सय ९२ औँ, श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९४ औँ स्थानमा छन् । वरियतामा गएको महिनाभन्दा १५ स्थान माथि चढ्दै वेल्स ११…

Read More

एजेन्सी ।   स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका धेरै कमाइ गर्ने १० सेलिब्रेटीमा परेका छन् । फुटबलका दुई सफल खेलाडी अमेरिकी पत्रिका फोर्ब्सले सर्वाजनिक गरेको बढी कमाइ गर्ने विश्वका एक सय सेलिब्रेटीको सूचीमा उत्कृष्ट १० मा परेका हुन् । त्यसमा पनि युरोकपको उपाधि उचालेको पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो शीर्ष पाँच भित्रै परेका छन् । बढी कमाइ गर्ने विश्वका सेलिब्रेटीमा रोनाल्डो चौथो स्थानमा छन् । यस्तै मेस्सी ८ औं स्थानमा छन् । फोर्ब्सका अनुसार रोनाल्डोको कमाइ ८ करोड ८० लाख अमेरिकी डलर छ । यस्तै मेस्सीको कमाइ ८ करोड १५ लाख अमेरिकी डलर छ । बढी कमाइ गर्ने…

Read More

झापा ।  गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ । पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैँया आवश्यक छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्म दिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले, गिरान्चौर एकिकृत…

Read More

बेलायतको नयाँ प्रधानमन्त्री थेरेसा मे भएकि छिन् । डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेता मे नयाँ प्रधानमन्त्री बनेकि हुन् । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजिनामा दिएका हुन् । थेरेसाले प्रधानमन्त्री बने लगतै मन्त्रिपरिषदमा रहने मन्त्रीहरुको चयन पनि गरेकि छिन् । मे सन् १९९७ देखि लगातार बेलायती संसदको सदस्य रहेकि थिइन् । – एजेन्सीको सहयोगमा

Read More

काठमाण्डौं ।  नेपालको कुल जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन् । राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन । सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ । यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औँ स्थानमा रहेको देखाएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औँमा छ । विकसित मुलुकहरुकै स्थान नेपालभन्दा तल देखिन्छ । खरिद क्षमता सूचकमा…

Read More

काठमाण्डौं ।  नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको वर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको छ । दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरुलाई छुट्याउने सहमतिमा उल्लेख छ । उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछिको बाँकी अबधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । दुई दलबीच भएको पाँच बुँदे आन्तरिक…

Read More

काठमाण्डौं ।  नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे । स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे । तर सचिव आएनन् । आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए । आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि एक दिन खर्चनुपरेको गाउँलेको दुखेसो छ । हिसाव फछ्र्योटका लागि सचिव खोज्दै जिविस धाएका स्थानीय रामबहादुर थिङ भन्छन्,‘गाविस सेवा प्रवाहलाई छिटो र छरितो र थप प्रभावकारी बनाउन सचिवले सरकारी सुविधामा किनेको मोटरसाइकलको सदुपयोग गरेनन् ।’ उनी…

Read More

काठमाण्डौं ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् । एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संवादमा भनेका छन्, ‘देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’ देउवाले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने वचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएका थिए । ओलीले विहान देउवासँग फोनमा कुरा गरेका थिए । स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भनेका थिए । एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा बामदेव गौतमले मंगलबार ओलीलाई माओवादी केन्द्रले सरकारबाट…

Read More

काठमाण्डौं ।  नाैं महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित क्वाटरमा बस्दै आएका माओवादी मन्त्रीका सहयोगी बुधबार दिनभर व्यस्त भए । मन्त्रीक्वाटरबाट सरसामान सार्नुपर्ने भएपछि कोही पोखापन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए । पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पद खोसिएपछि माओवादीका कोही मन्त्री डेरा सरिसके भने अधिकांश सर्ने तयारी गर्दैछन् । नेकपा माओवादी केन्द्रबाट गत असोज २४ गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सात जना मन्त्री बनेका थिए । बुधबार प्रधानमन्त्री ओलीसमक्ष सामुहिक राजिनामा बुझाएका माओवादी मन्त्रीलाई डरा सर्ने चटारो भएको  छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्य मन्त्री गणेशमान पुनले…

Read More