विर्तामोड । झापाली समाज युएईले बिहिबार विर्तामोडमा एक कार्यक्रम गरि युएईमा मृत्यु भएका आफ्ना सदस्यका परिवारलाई राहत तथा सहयोग रकम हस्तान्तरण गरेको छ ।
झापामा स्थाइ बसोवास भई वैदेशिक रोजगारिका क्रममा युएईमा मृत्यु भएका आफ्ना सदस्यका परिवारलाई राहात रकम वितरण गरीएको समाजले जनाएको छ ।
कार्यक्रममा झापा धाईजन स्थाई घर भई रोजगारीका क्रममा युएईमा मृत्यु भएका विशाल मेचेकाे परिवारलाई समाजका केन्द्रिय सदस्य मित्रलाल पोख्रेलले दुईलाख रुपैयाँको चेक तथा समवेदना पत्र प्रदान गरेका थिए । त्यसैगरी रोजगारीका लागि युएई गएका बेला मृत्यु भएका झापा चन्द्रगढीका लव सुवेदी तथा बाहुनडाँगीका प्रकास सुब्बाको परिवारलाई समेत जनहि ५१ हजार रुपैयाँको चेक र समवेदना पत्र प्रदान गरिएको समाजका सल्लाहाकार तथा नेपाल संयोजक भुपाल शिवाकाटीले जानकारी दिए ।
कार्यक्रमका उपस्थित अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, ईलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी खड्ग बहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ढुण्डिराज गिरी लगायतले समाजले गरेको कामको प्रशंसा गरेका थिए ।
समाजका केन्द्रिय सदस्य मित्रलाल पोख्रेल सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समाजकी सदस्य मिरा भण्डारीले राखेकी थिईन् भने सञ्चालन संचारकर्मी लिला अनमोलले गरेकी थिइन् ।