Author: admin
काठमाण्डौ । नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन् । प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए । यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताउँदै आधा दर्जन विकासका योजनामा सहयोग गर्न आतुर रहेको बताए । थाहा नगर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा राजदूत रेले तरकारीको पकेट क्षेत्र दामनमा कोल्ड स्टोर निर्माण गरिदिने बताए । ‘तपाईहरु प्रस्ताव लिएर आउनुहोस् हामी सहयोग गर्न तयार छौं,’…
काठमाण्डौ । मुलुकमा भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ। यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ। कान्तिपुर दैनिकमा समाचार छ। खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यत्ति रकम आउने गरेको हो। विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ। साउदी अरबबाट २६ दशमलब ५६, युनाइटेड अरब इमिरेट्सबाट साढे ११ प्रतिशत, कुबेतबाट ३ दशमलब ८४ प्रतिशत र बहराइनबाट ० दशमलब ०३ प्रतिशत रेमिट्यान्स भित्रिदै आको छ। यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा बिश्व वैंकले तयार पारेको हो। उक्त वर्ष करिब…
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्ने गरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा ऊर्जा मन्त्रालयले कारबाही सुरु गरेको छ। सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकै दिन गत असार २८ गते सीजीजीसीले ऊर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो। सीजीजीसीले उसको एजेन्टमार्फत प्रधानमन्त्रीलाई विश्वस्त पारेपछि प्रक्रिया सुरु गरिएको ऊर्जा स्रोतले बतायो। निमित्त ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सीजीजीसीले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि…
काठमाण्डौ । प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। नागरिक दैनिकमा समाचार छ। जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरिएको छ। यस्तै तीन जना नायब निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको कार्यलयले जनाएको छ। दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन्। प्रधान कार्यालय अनुसार अघिल्ले वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार…
काठमाण्डौ । प्रहरी संगठनमा जनशक्तिको ७७ प्रतिशत हिस्सा दर्जा प्रशिक्षणको दायराभन्दा बाहिर रहेको खुलेको छ। प्रशिक्षणको नेतृत्व तहले अपारदर्शी ढंगले पहुँचका आधारमा कोटा वितरण गर्दै आएको यो हिस्सा प्राविधिकबाहेक अन्य तालिमबाट बञ्चित भएको हो। अन्नपूर्ण पोष्टमा समाचार छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले गरेको एक अध्ययनले प्रशिक्षण वितरणमा धेरै त्रुटि फेला पारेको हो। प्रतिष्ठानले यो आर्थिक वर्षमा करिब ३७ हजार प्रहरी कर्मचारी विभिन्न विधामा प्रशिक्षण दिने योजना बनाएको छ। प्रशिक्षण विकास कार्ययोजना २०७३ अन्तर्गत प्रहरी जवानदेखि डीआईजी तहसम्मकालाई विभिन्न सातवटा विधामा तालिम दिन लागिएको हो। प्रतिष्ठानका अनुसार कुल प्रहरी संख्या ७२ हजार सात सय ९ मध्ये ५५ हजार ९ सय…
एजेन्सी । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ। लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो। नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३-३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १-१ विकेट लिए । विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाइ ११७ रन बनाएको थियो। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रुपमा परिचित लर्डसमा उत्रिएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने…
गुरुपूर्णिमाकाे अवसरमा पृथ्वीपुत्र पुष्प अन्जानकाे गजल : गुरुहरुप्रति आदरभाव
विर्तामोड । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले झापाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उच्च शिक्षा अध्ययनका लागि आदिवासी जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको आदिवासी जनजाति महासंघ जिल्लाका पूर्व अध्यक्ष प्रेमराज घिसिङले बताए । विर्तामोडमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष प्रेमराज घिसिङ, नगर अध्यक्ष पदम बहादुर तामाङ र प्रतिष्ठानका सिनियर लेखापाल कुलनकुमार लामाले ३० जना विद्यार्थीलाई ८ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेका थिए । उनका अनुसार प्रतिष्ठानले देशभरका ५०० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । गत मंसिरमा देशभरबाट १५ हजार जनाले आवेदन दिएकोमा ५०० जना छनोटमा परेको प्रतिष्ठानका कर्मचारी दिलिप मास्केले बताए । प्रतिष्ठानले २०६८ सालदेखि आदिवासी जनजाति विद्यार्थीलाई…
जिल्लाको विकासमा सरोकार राख्ने सरकारी निकायले यसपटक पनि झापामा बजेट फ्रिज गराएका छन् । आर्थिक बर्षको अन्त्य असार मसान्तमा नभएका, जेनेतेने हुँदै गरेका वा हुँदै नभएका कामको भुक्तानी गरेर पनि कूल बजेटको करीब ९ प्रतिशत रकम खर्च गर्न भ्याएनन् ।
झापाको विर्तामोडमा पनि मंगलबार दिउँसो , ‘ ओलीका लागि होइन, नेपाल र नेपालीको भोलीको लागि ‘ भन्दै युवाहरू सडकमा उत्रिएका थिए । आइ एम विथ केपी ओली लेखिएका टिसर्ट लाएर र प्लेकार्ड बाेकेर सैयाैंकाे संख्यामा युवा र्यालीमा उपस्थित थिए ।