Author: admin
काठमाडौं– इपिएस शाखामार्फत कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका इपिएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले बताए । भाषा परीक्षामा उत्तीर्ण भएकाको दसैँ अगावै सिप परीक्षा, स्वास्थ्य परीक्षण र रोजगार आवेदन फराम भर्ने उनले बताए । फारम भरेका कुल ६० हजार ६ सय २६ जना मध्ये ५७ हजार १ सय २० जनाले भाषा परीक्षा दिएका थिए । रोजगारीका लागि इपिएसमार्फत अहिलेसम्म ३८ हजार जना दक्षिण कोरिया गइसकेका छन्…
रसुवा, साउन ११ – सोमबार रातिदेखि परेको पानीका कारण पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । सडक खुल्न केही समय लाग्ने उनले बताए । वर्षा सुरू भएसँगै दैनिक जसो सडक अवरूद्ध हुने गरेको छ ।
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन् । उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए । एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापति झन्डै एक घन्टा सेनाको परमाधिवति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो । अहिले तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र…
काठमाडौं–कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भड्कन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो । कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए । प्रधानमन्त्री…
काठमाडौं – इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका छन् । नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरूले ‘सन्देहास्पद’ गतिविधि भनेका छन् । भारतीय पक्षको आग्रहपछि ३ वटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ…
काठमाडौं–भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन् । भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ । भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालवाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको भेटिँदैन । ‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दै छन्’ एसिया टाइमम्स अनलाइनमा भारतीय…
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आहृवान गरेसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भएको छ । पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरुले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् । सरकार परिवर्तनको खेलसँग सभापयित शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्नत्री कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको छ । कांग्रेस शीर्ष नेताहरुले पनि सरकारकमा पठाउने भन्ने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् । सो छलफल सुरु भएलगत्तै नेताहरुको दौडधुप सुरु भएको छ । सोमबार बिहान सभापति देउवा निवासमा उनीपक्षीय प्रमुख नेताहरुले अनौपचारिक छलफल…
झापा । खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् । फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित परामर्श दिन्छ । फास्ट ट्रयाक ख्यातिप्राप्त संस्था हो । नेपालमा फास्ट ट्रयाकको बेग्लै छाप छ । त्यो छापलाई अलिकति पनि धमिलिन दिँदैनन् ताम्लिङ । विश्वका जुन कुनामा पुगेपनि उनी फास्ट ट्रयाककै लागि काम गरिरहेका हुन्छन् । चाहे त्यो अनलाइनबाट होस् या टेलिफोनबाट । । यति भनौँ, शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा खड्ग ताम्लिङ लिम्बूको नाम परिचित छ । अब्रोड स्टडीका लागि नेपाली विद्यार्थीलाई जापानको कलेजमा भर्ना गर्न सहयोगी पुलको काम…
भद्रपुर । बिगत केहि दिनदेखि परेको अविरल बर्षाकाे कारण देशका विभिन्न स्थान डुवानमा परेका छन् । यता केहि दिनदेखिकाे अविरल वर्षाको कारण मेची नदिमा पानीकाे बहाव बढेपछि भद्रपुर नगरपालिका वडा न.१(साबिक महेशपुर-४)को भैंसाबाडी टोलको पश्चिमबाट पानीकाे भङ्गालाे गाउँ पसेपछि पुरै गाउँ डुबानमा परेकाे छ । गाउँ डुबान भएपछि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी ,पृथ्विनगर र पाठामारीका स्थानीयबासीहरुको सहयोगमा डुङ्गा प्रयोग गरि उक्त गाउँका १२३ घरधुरीका ६२२ जनालाई उद्धार गरि हिमाली उच्च मा.वि.पृथ्वीनगर र हिमाली चोकको बजारको सेडमा स्थानान्तरण गरिएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत संताेष घिमिरेले जानकारी दिए । बाढी पीडितहरुलाई सामुहिक भोजनको ब्यवस्था गरिएको अधिकृत घिमिरेले बताए ।
विर्तामोड । पोजिटिभ मिडिया इभेन्ट्सले मिस पूर्व आइकन २०१६ को आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा पूर्वाञ्चलका १६ देखि २५ बर्षसम्मका किशोरीहरुविच प्रतिस्पर्धा गराइने सोमबार विर्तामोड आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको अडिसन साउन १७ गते विर्तामोडमा, साउन १८ गते धरानमा, साउन १९ गते इटहरीमा, साउन २० गते दमकमा र साउन २१ गते इलाममा हुने पोजिटिभ मिडिया इभेन्ट्सका प्रवन्ध निर्देशक गोपाल पोखरेलले बताए । प्रतियोगितामा विजेतालाई भेस्पा स्कुटर, फर्स्ट रनरअपलाई पचास हजार र सेकेन्ड रनरअपलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयाेजक चेतन अधिकारीले बताए । प्रतियोगितामा भाग लिन कम्तिमा ५.२ फिट हुनु पर्ने अायाेजकले जनाएकाे छ ।…