रसुवा, साउन ११ – सोमबार रातिदेखि परेको पानीका कारण पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । सडक खुल्न केही समय लाग्ने उनले बताए । वर्षा सुरू भएसँगै दैनिक जसो सडक अवरूद्ध हुने गरेको छ ।
Facebook Comments Box