Author: admin
काठमाडौं– तत्कालीन राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार (जीवजन्तुका हाड, छाला आदि)लाई सुरक्षित राख्न उचित पहल नहुँदा प्रायः सबै कुहिएका छन्। ओखेटोपहार कुहिएकाले ती राखिएको घर (फरासखाना) दुर्गन्धित बनेको छ । नारायणहिटी दरबार सङ्ग्रहालयको पश्चिमतर्फ रहेको फरासखानामा ती ओखेटोपहार राखिएका थिए। राजपरिवारले नारायणहिटी दरबार छाडेर गएपछि फरासखाना बेवारिसे बनेको छ। त्यहाँ रहेका ओखेटोपहार सद्दे अवस्थामा छैनन्। नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले ओखेटोपहार कुहिएकाले तिनलाई सङ्ग्रहालयमा राख्न नसकिने बताए । तत्कालीन राजपरिवारमा सबैभन्दा बढी सिकारको सोख तत्कालीन राजा महेन्द्रमा थियो। त्यसैले फरासखानामा राखिएका ओखेटोपहार बढीजसो राजा महेन्द्रले गरेका सिकारको रहेका छन् । सङ्ग्रहालयमा तत्कालीन राजाहरू त्रिभुवन, वीरेन्द्र, दीपेन्द्रका साथै ज्ञानेन्द्रले सिकारका क्रममा…
काठमाण्डौ । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ। प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो। भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिएको खबर आजको कान्तिपुरमा नगेन्द्र अधिकारीले लेखेका छन्। बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन। हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए। उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् । रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको…
काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्। आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्। उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो। तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। भाजपा कार्यालयका अनुसार अध्यक्ष अमित साह, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, राजनाथ सिंहलगायतले पनि नेपाली चेलीको हातबाट राखी बााधेका थिए।
काठमाण्डाै । बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ (बाफिया) मा विगतमा भएको चलखेल दोहोरिन नदिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थसमितिको बैठकमा राख्ने अडानले महत्वपूर्ण अर्थ राख्ने सरोकारवालाहरू बताउँछन्। समितिले अर्थमन्त्री असहमत हुने गरी निर्णय नगर्ने भएकाले पनि धेरैको ध्यान महरातर्फ केन्द्रित छ, आजको कारोबार दैनिकमा आषिश ज्ञवालीले खबर लेखेका छन्। एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा बनेको बाफिया संविधानसभा विघटन भएपछि सदनबाट स्वतः फिर्ता आएको थियो । दोस्रो संविधानसभाको…
विर्तामोड । नेपालले दिएको बस्तु गुणस्तरको प्रमाणपत्र भारतले नमान्ने गरेका कारण नेपालका बस्तु भारत निर्यात गर्दा नेपाली व्यवसायीहरुले समस्या भोग्नु परिरहेको छ । नेपालका सीमा क्षेत्रमा बनेका बस्तु गणस्तर जाँच गर्ने प्रयोगशालाहरु आधुनिक नभएका कारण नेपालका बस्तु भारत निर्यात गर्दा नेपालका प्रयोगशालाहरुले दिएका प्रमाण पत्र भारतले नमान्ने गरेको हो । व्यवसायीहरुका अनुसार नेपालका सीमा क्षेत्रमा अन्तरराष्ट्रिय गुणस्तरका प्रयोगशाला बने नेपालको निर्यात क्षमता बृद्धि भइ आर्थिक आर्जन बढनेछ । मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाँका अनुसार नेपालका प्रमाण पत्र भारतले नमान्ने गरेका कारण धेरै दिनसम्म मेची पूलमा मालबाहक सवारी राख्नु पर्ने बाध्यता छ, जसले गर्दा लागत मूल्य बढछ ।…
लिवाङ (रोल्पा) । इलाका प्रहरी कार्यालय सुलिचौरले आफ्नै नाति मारेको आशङ्कामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ । जेदवाङ गाविस– ८ राङजातकी ६० वर्षिया मनसरी विकले आफूसँगै बस्दै आएका १० वर्षीय नाति दिनेश बुढालाई मारेको आशङ्कामा बुढाकी हजुरआमा विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शशीधर अधिकारीले जानकारी दिए । गत साउन २७ गते घर नजिकैको रुखमा बुढा भुन्डिएर मरेको भनी उजुरी परेपछि प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा घटनास्थल पुगेकोे प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघालाई जिम्मा लगाएको थियो । बुढाको रहस्यमय ढङ्गबाट मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्ला…
काठमाडौं । सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय समेत गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा मारिएका ६८ जनाको नाम राहतको लागि तय गरेकोमा सरकारले ५२ जनालाई १० लाख दिने निर्णय गरेको हो । नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको थियो । जसमा मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिक आशिष कुमार रामको समेत नाम थियो ।…
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि चीन भ्रमणमा रहेका अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्किनु एक दिन अघि विहिवार भारत प्रस्थान गरेका हुन् । मन्त्री निधिले भारत प्रस्थान गर्नुपहिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गर्नु, प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला हुने छलफलका एजेण्डा तय गर्नु तथा दुई देशका राष्ट्रपतिको भ्रमणको विषयमा छलफल गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको बताए । निधिले भारतीय नेतृत्वसँग प्रधानमन्त्री प्रचण्डको भ्रमण सेप्टेम्बर महिनाभित्रमा गराउने विषयमा छलफल केन्द्रीत हुने बताए । उनले प्रधानमन्त्री प्रचण्डले…
राजविराज । अपहरणमा परेकी सप्तरीको एक ७ वर्षीया बालिकालाई १२ घण्टा नबित्दै प्रहरीले सिमावर्ती क्षेत्रवाट सकुशल उद्दार गरेको छ । वुधवार दिउँसो करिव ४ वजे अपहरणमा परेकी नर्घो–६ वस्ने लक्ष्मण मण्डलकी ७ वर्षीया छोरी सन्तोषीलाई प्रहरीले राती नै अपहरणमुक्त गराएको हो । अपहरणको जानकारी पाउनासाथ सादा पोशाकमा एसपी भिमप्रसाद ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतको मधुवनी जिल्लास्थित लौकही थाना अन्तर्गतको करियौत ग्रामपञ्चायतबाट बालिकालाई उद्दार गरेको हो । आफूसहित ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी झुटकीको संयुक्त प्रहरी टोलीले नेपाल–भारत शिमानावाट करिव १२ किलोमिटर दक्षिणमा रहेको एक गाउँवाट बालिकालाई उद्धार गरेको ढकालले जानकारी दिए । उनका अनुसार अपहरणकारीले वालिकालाई करियौत…
उदयपुर । उदयपुरको पश्चिमी क्षेत्र कटारीमा करेन्ट लागेर विहिवार एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नपा–८ का ३५ वर्षीय सुवास राई रहेका छन् । विद्युत लाईन मर्मतको क्रममा एक्कासी प्रसारण केन्द्रबाट लाईन छाडेकोले राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए । करेन्टले घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो । राईसँगै करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय रन्जित सदा घाइते भएका छन् । घाइते सदाको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।