उदयपुर । उदयपुरको पश्चिमी क्षेत्र कटारीमा करेन्ट लागेर विहिवार एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नपा–८ का ३५ वर्षीय सुवास राई रहेका छन् । विद्युत लाईन मर्मतको क्रममा एक्कासी प्रसारण केन्द्रबाट लाईन छाडेकोले राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए ।
करेन्टले घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो । राईसँगै करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय रन्जित सदा घाइते भएका छन् । घाइते सदाको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box