Author: admin
काठमाण्डौ । नेविसंघको महाधिवेशनलाई बहाना बनाएर सरकारमा मन्त्री पठाउन ढिलाइ गरिरहेको नेपाली काँग्रेसले आइतवारसम्ममा सरकारमा मन्त्री पठाउने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतवारसम्ममा मन्त्रीहरूको नाम पठाइसक्ने र सोमवारसम्ममा मन्त्रिमण्डल विस्तार हुने काँग्रेस स्रोतले बतायो । काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले एकदुई दिनमै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाइने लोकान्तरलाई जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धेरै मन्त्रालयमा दाबी गरेका कारण काँग्रेसले मन्त्री छान्न ढिलाइ गरिरहेको छ । को को बन्दैछन् मन्त्री ? नेपाली काँग्रेसको तर्फबाट बालकृष्ण खाँड, गगन थापा, जीवनबहादुर शाही, मोहन बस्नेत, बहादुरसिंह लामा, रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायत मन्त्री बन्ने सम्भावना रहेको…
गोर्खा । गरिबलाई बाँड्ने भनिएको पैसा धनीलाई बाँडेको, राहत तथा पुनर्निर्माणमा भूकम्पपीडितको आवश्यकता पहिचान नगरी जथाभावी राहत बाँडिएको र भूकम्पपीडितलाई थोरै राहत दिएर धेरै बजेट गाडी, होटल तथा तलब भत्तामा सिध्याएको भन्दै गोरखावासी अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) प्रति रुष्ट छन् । भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा सदरमुकाममा कार्यालय खोलेर बसेका दशओटा आइएनजिओमध्ये वल्र्डभिजन इन्टरनेसनल र क्याथोलिक रिलिफ सर्भिस ९सिआरएस० को पछिल्लो गतिविधिप्रति भूकम्पपीडितले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । बर्खामा पानीमा भिज्दै दिनरात कटाउन बाध्य भूकम्पपीडित ओतलाग्ने घरको पर्खाइमा बसेको भए पनि आइएनजिओले एकपछि अर्को राहत सामग्री र नगद बाँडेपछि आइएनजिओको गतिविधिप्रति गोरखावासीले तीव्र असन्तुष्टि जनाएका हुन् । सिआरएस नामक संस्थाले…
जाजरकोट । विद्यालय जाने बाटो बाढीले बगाएपछि पूर्वी जाजरकोटको बारेकोट क्षेत्रका विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्। सक्ला, रोकायगाउँ र नायकवाडा गाविस जोड्ने दोबिल्ला बाटो छेडागाड खोलामा आएको बाढीले बगाएपछि उनीहरु विद्यालय जान नसकेका हुन्। बाढीले झन्डै एक किमी बाटो बगाइदिएपछि विद्यार्थीका साथै स्थानीय बासिन्दालाई आवतजावतमा निकै समस्या परेको छ। हिँड्ने बाटो नै नभएपछि विद्यालय जान नसकिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा ९ कक्षामा पढ्ने नायकवाडा–६ का उषा शाहीले बताइन्। उनले आफूलगायत एक सय बढी विद्यार्थी बाटो नहुँदा पठनपाठनबाट वञ्चित भएको दुःख पोखिन्। त्यस्तै १० कक्षामा अध्ययनरत सक्लाकी कमला कार्कीले पनि बाटो अवरुद्ध भएपछि एक हप्तादेखि विद्यालय जान नपाएको गुनासो…
काठमाडौं – भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शुक्रबार एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मानिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी…
काठमाडौं । काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । पर्याप्त जानकारी बिना अरुकको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हो । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेका आजको अन्नपूर्णमा समाचार छ । सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख्या बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलले जनाएको छ । यस आवका उत्पादनमूलक ६८ सेवामुलक एक सय ९५ कृषि तथा वन अन्य दुई सय ९६ र पर्यटनमा…
भक्तपुर । उपमहानगरपालिका बन्ने सम्भावना बलियो बन्दै गएको छ। जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले सरोकारवालासँग परामर्श गर्दा एउटै उपमहानगरपालिका बनाउने सम्भावना अन्य विकल्पभन्दा बलियो बनेको खबर आजको गोरखापत्रमा छापिएको छ। विभिन्न छवटा विकल्पमा छलफल भए पनि भक्तपुर जिल्लालाई एउटै उपमहानगरपालिका बनाउँदा विकास र प्राकृतिक स्रोतसाधनको परिचालनको सम्भाव्यता राम्रो हुने मुख्य राजनीतिक दल र सरोकारवालाले सुझाव दिएका प्राविधिक सहयोग समिति भक्तपुरले जनाएको छ । भक्तपुरका स्थानीय विकास अधिकारी तथा प्राविधिक समितिका संयोजक ध्रुव कोइरालाका अनुसार सिङ्गो जिल्ला एउटै उपमहानगरपालिका बनाउनेबाहेक मध्यपुर थिमि र चाँगुनारायण नगरपालिका, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका तथा भक्तपुर र नगरकोट नगरपालिका गाभेर तीनवटा नगरपालिका बनाउने प्रस्ताव…
गोरखा । तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा नरहेको खबर आजको अन्नपूर्णमा शिबप्रसाद उप्रेतीले खबर लेखेका छन्। ‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन। तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो।’ उनीहरु रुईढाप्कादेखि सामा गाउँ र…
काठमाडौं । भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ। भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लागिएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन विग्रिएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ। एक स्क्यान मेसिनको झन्डै १५ करोड रुपैयाँ लाग्छ ।
काठमाडौं । पाँचथर सराडडाँडा -४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ । आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । आजको नयाँ पत्रिका देनिकमा समाचार छ । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन् । त्यो खर्च घर पठाउने तयारी गर्दागर्दै उनको पैसाकै लागि हत्या भएको थियो । श्रीमान्को हत्या भएको खबर आएपछि उनी थला नै परिन्…
काठमाडौं । युवाको आपसी झगडामा ज्यान गुमेको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई कुटेर गम्भीर घाइते बनाएका छन्। काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई कुटेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरूङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो। प्रभागका…