Author: admin

 काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले पोखरामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ । हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका ९ को दरौदी बगरको करिब पाँच सय रोपनी जग्ग्ा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो । माओवादी केन्द्रले संघर्ष समित गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको आजको अन्नपूर्णमा समाचार छ । केन्द्रनिकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समितिगठन गरिएको छ । माओवादी झन्डासहित नगर संयोजक कृण्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगोका उनीहरुले विभन्न नारा लगाएका थिए ।

Read More

एजेन्सी । भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ । ओडिशाको बालेश्वरमा ८, भद्रकमा ७, मयुरभन्जमा ७, खोर्धामा ६, कटकमा ५ र जाजपुरमा चार जनाको चट्याङ लागेर ज्यान गएको राज्य आपद नियन्त्रण केन्द्रले जनाएको छ । ज्यान जानेमा अधिकांश मानिस खेतमा काम गर्दै थिए । चट्याङ लागेर ८० जना भन्दा धेरै घाइते भएका छन् । शनिबार मात्रै ४० जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने आशंका छ । अघिल्लो वर्ष ओडिशामा चट्याङ लागेर तीन सय ९६ जनाको ज्यान गएको सरकारी तथ्यांक छ । 

Read More

काठमाण्डौ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको औपचारिक प्रयास असफल भएपछि बुधबार संसद्ले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय व्यर्थ भएपछि बहुमतीय सरकार गठनका लागि सोमबार संसद्लाई पत्राचार गरेकी हुन् । सभामुख ओनसरी घर्तीले संसदको सोमबारको बैठकमा नयाँ सरकार गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउँदै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गर्न संसदका महासचिवलाई निर्देशन गरेकी हुन् । संसद् सचिवालयले सोमबारै प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ…

Read More

 काठमाडौं ।  सशस्त्र द्वन्द्वका समयमा भएका घटना छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५३ हजार उजुरी दर्ता भएका छन् । तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट भएका घटनाको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको आयोगले तीन महिनाको अवधि दिएर उजुरी आह्वान गरेको थियो । तीन महिनामा ५३ हजार १६ उजुरी परेको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिए । उनले उजुरीको संख्या हेर्दा धेरै घटनामा उजुरी परेजस्तो लागे पनि एउटै घटनामा पनि धेरै उजुरी परेको हुनसक्ने बताए । उनले भने, ‘एकैपटक यति धेरै उजुरी आयो भन्दै आत्तिनुपर्ने अवस्था छैन, एउटै घटनामा पनि धेरै उजुरी आएको हुन सक्छ । आजको नयाँ…

Read More

काठमाडौं– समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रीमती, प्रेमिका, साली तथा नातेदारहरुलाई समानुपातिबाट सभासद् बनाएका थिए । नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाहिँ मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रैमीहरुलाई बसीसख नण्ठी सुखको अवस्थामा पुर्याएका छन् । नयाँ गठबन्धन सरकारका पर्दापछाडीका सारथी हुन भने शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन् । देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री…

Read More

काठमाडौं ।  एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक गृहकार्य थालेको छ । ‘सशक्त प्रतिपक्ष’को भूमिकाका लागि पनि उम्मेदवारी दिनुपर्ने निष्कर्ष उसको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक छलफल भएको थियो । ‘जो भए पनि पार्टीभित्रैबाट उम्मेदवार उठाउनु उपयुक्त हुन्छ भन्ने अनौपचारिक छलफल भएको छ,’ एक पदाधिकारीले भने, ‘यसबारे स्थायी समिति बैठकमा थप छलफल हुनेछ ।’ प्रमुख सचेतक भानुभक्त ढकालले भने उम्मेदवारीको सम्भावना रहे पनि नेताहरूबीच छलफल भइनसकेको दाबी गरे । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उम्मेदवार बन्न उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास…

Read More

काठमाडौं– पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ । गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो । घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष चालक दलको मुख्य कमजोरी देखिएको छ । उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन । दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान…

Read More

काठमाडौं– सोलीडारिटी फर डा।केसी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ती विवरण सार्वजनिक गर्न माग गरेको छ । प्रमुख आयुक्त भएको तीन वर्ष बितिसक्दा पनि कार्कीले संविधानको प्रावधान अनुरुप सम्पत्ती विवरण सार्वजनिक नगरेको भन्दै अलायन्स सर्मथित युवाहरुले त्यस्तो माग गरेका हुन् । नेपालको संविधानको धारा २७, सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ तथा उक्त ऐनको दफा ३ (३) अनुसार सम्पत्ती विवरण प्रवाह गर्न नमिल्ने सुचनाको बर्गमा नपरेको उनीहरुको दाबी छ । आईतबार सुचनाको हकले दिएको अधिकारको प्रयोग गर्दै सयौं युवाले आयोगमा निवेदन दर्ता गर्न पुगेका थिए । माथीको आदेश भन्दै झण्डै एक घन्टा…

Read More

सुरुंगा । जामुनखाडी सामूदायिक वन तथा सीमसार क्षेत्रले संस्थापक अध्यक्ष केदार गिरीसहित दुई दर्जन बढीलाई सम्मान गरेको छ । आइतबार जामुनखाडी साँस्कृतिक मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा वनका संस्थापक पदाधिकारीहरु, विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो । वनका अध्यक्ष पर्शुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री वीरमणि ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

Read More

भद्रपुर ।  हालैको बाढीका कारण भद्रपुर नगरपालिका १ भैंसाबारी र पाठामारी गाविसको वडा नम्बर ६ र ७ का पीडित ४३ परिवारलाई बिर्तामोडका युवाले राहत बाडेका छन् । दिपक दास, निजामुदिन जु, दिवश शिवाकोटी, विनोद अधिकारी र ह्यातुल्ला अन्सारीले आज ४० हजार रुपैयाँ बराबरको खाध्य सामग्री वितरण गरेका हुन् । प्रति परिवार १० केजी चामल, १ केजी नून, १ लिटर खाने तेल, १ केजी दाल, बिस्कुट, नुहाउने साबुन, लुगाधुने साबुन र पानी शुद्धिकरण गर्ने ट्याबलेट १–१ प्याकेट प्रदान गरिएको राहतकर्ता दासले जानकारी दिए । युवाको सोही समूहले भोलि कनकाई नगरपालिका अन्तरगत तुलसीबारीका १० सन्थाल परिवारलाई सोही परिमाणका सामग्री प्रदान गर्ने पनि…

Read More