भद्रपुर । हालैको बाढीका कारण भद्रपुर नगरपालिका १ भैंसाबारी र पाठामारी गाविसको वडा नम्बर ६ र ७ का पीडित ४३ परिवारलाई बिर्तामोडका युवाले राहत बाडेका छन् ।
दिपक दास, निजामुदिन जु, दिवश शिवाकोटी, विनोद अधिकारी र ह्यातुल्ला अन्सारीले आज ४० हजार रुपैयाँ बराबरको खाध्य सामग्री वितरण गरेका हुन् ।
प्रति परिवार १० केजी चामल, १ केजी नून, १ लिटर खाने तेल, १ केजी दाल, बिस्कुट, नुहाउने साबुन, लुगाधुने साबुन र पानी शुद्धिकरण गर्ने ट्याबलेट १–१ प्याकेट प्रदान गरिएको राहतकर्ता दासले जानकारी दिए ।
युवाको सोही समूहले भोलि कनकाई नगरपालिका अन्तरगत तुलसीबारीका १० सन्थाल परिवारलाई सोही परिमाणका सामग्री प्रदान गर्ने पनि जानकारी दिए ।
Facebook Comments Box