Author: admin
काठमाडौं । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र निर्देशिका बनायो । भौतिक निर्माण तथा यातायात मन्त्रालयले बनाएको निर्देशिका मन्त्रिपरिषदबाट पारित पनि भयो । तर, त्यो निर्देशिका अहिले गायब भएको आजको नयाँ पत्रिकादैनिकमा समाचार छ । यातायात व्यवसायीहरुको दबाबमा सवारीचालक अनुमतिपत्र वितरण निर्देशिका २०७१ कार्यान्वयन हुन नसकेको हो । मन्त्रिपरिषद्बाट पास भएलगत्तै निर्देशिकाहरु रजपत्रमा प्रकाशित हुन्छन् । तर, लाइसेन्सको निर्देशिका भने निर्णय भएको दुई वर्षसम्म पनि राजपत्रमा प्रकाशित गरिएको छैन । यातायात व्यवसायी तथा यातायात मजदुरको दबाबमा सो निर्देशिका अलपत्र पारिएको हो ।
कृष्ण काफ्ले, नेपाली गीत संगीतको क्षेत्रमा चिर परिचित नाम हो । विगत १० बर्षदेखि संगीतकै क्षेत्रमा आफूलाई समर्पित गरेका काफ्लेले आधुनिक,पप, गजल,लोकपप, फिल्मी तथा देशभक्तिलगायत १००भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । संगीतलाई आफ्नो कर्म ठान्ने गायकसगँको कुराकानी — गायन क्षेत्रमा निरन्तर लागिरहनुभएकाे छ , तपाईको प्रेरणाको श्रोतचैं के हो ? मेरा घरपरिवार, शिक्षकहरु र साथीभाईहरु संगीत को सँग सिक्दै हुनुहुन्छ? म मेरा श्रद्धेय गुरु चण्डिप्रसाद काफ्लेसँग सिक्दै छु । संगीतमा लागेर बाँच्न सकिन्छ त? आजको भोलि नै थुप्रै पैसा कमाएर काठमाडौंमा घर बनाउन त सम्भव छैन तर अथक परिश्रम साधना र धैर्यता गर्न…
भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा आजदेखि इन्धन भर्ने सुविधा उपलब्ध गराइएको छ । नेपाल आयल निगमले सञ्चालन गरेको रिफ्युलिङ केन्द्रको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बुधबार उद्घाटन गरेका छन् । विसं २०२० मा स्थापना भएको सो विमानस्थलमा इन्धन भर्ने सुविधा नभएका कारण विमानकम्पनी मारमा परेका थिए । सौर्य एयरलाइन्स, बुद्ध र यति एयरलाइन्सका जहाजले यहाँ उडान भर्दै आएका छन् ।
खाेटाङ् । खोटाङ् सुरक्षित आप्रवासन परियोजना सामीले खोटाङका पाँच पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीलाई सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुर्याएको भन्दै पत्रकार दमन राई, दिलीप खत्री, हरिबोल आचार्य, उजीर कार्की र योगीन राईलाई सम्मान गरेको हो । हेल्भेटास स्वीस इन्टर कोअपरेशनको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी बालसेवाले आफ्नो वार्षिक समिक्षा कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो । प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । पत्रकारलाई विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तरगत सम्मान गरेको बालसेवाका कार्यक्रम संयोजक लोकमणि रिजालले बताउनुभयो ।
पाेखरा । पोखराको सिमलचौरमा एक जनाले चक्कु प्रहार गरी एक महिलाको हत्या गरेका छन् । बुधबार दिउँसो स्याङजा किचनास-३ का २२ वर्षका संजिब बहादुर नेपालीले पूर्व श्रीमती २२ वर्षकी सोनम रेग्मीको घाटी रेटेर हत्या गरेको कास्की प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु पूर्व पति पत्नी हुन् । उनीहरुको पाँच वर्ष अघि बिहे र केही महिना अघि डिभोर्स भएको थियो । ती पुरुषले हत्या पछि आफूले पनि विष सेवन गरेको प्रहरीले जानकारी दिएको छ । विष खाएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको छ । उनीहरुको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे थप…
१. चिसो पानीभन्दा तातो पानी चाँडो बरफ बन्छ । २. विश्वविख्यात मोनालिसाको आँखीभौं छैन । ३. शरीरको सबभन्दा बलियो मांसपेशी जिभ्रो हो । ४. कमिलाहरू कहिल्यै सुत्दैनन् । ५. कोकाकोला शुरूवातमा हरियो थियो । ६. संसारको सबभन्दा प्रचलित नाम मोहम्मद हो । ७. चन्द्रमा तपाईँको टाउकोको ठ्याक्कै माथि हुँदा तपाईँको वजन केही कम हुन्छ । ८. मरुभूमिको धूलोबाट बच्नका लागि ऊँटको आँखामा तीनवटा ढकनी हुन्छन् । ९. चकलेट खाएर कुकुरको मृत्यु हुन सक्छ किनकि यसमा थियोब्रोमाइन हुन्छ जसले कुकुरको मुटु र स्नायु प्रणालीमा असर गर्छ । १०. महिलाले पुरुषको तुलनामा झण्डै दोब्बर आँखा झिम्क्याउँछन् । ११. तपाईँ सास रोकेर आफैंलाई…
काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित १४ राजदूतको सिफारिस फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । साथै सरकारसँग लिखित जवाफ पनि मागेको छ । संसदीय सुनुवाइको प्रक्रियामा रहेका १४ जना प्रस्तावित राजदूतहरुको नाम प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २१ राजदूत सिफारिस गरेको थियो । जसमध्ये परराष्ट्रका ८ कर्मचारीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भइसकेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा सिफारिस भएका १४ जनाको नाम भने नयाँ सरकार बनेसँगै फिर्ता लिने निर्णय भएको थियो । त्यसविरुद्ध युवराज कार्कीसहित चार जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई…
ईन्दोर, भारत । पत्नी र दुई कलिला बच्चालाई छोडेर भारतमा एबोट ल्याबरोटरिजका लागि काम गर्ने एक २७ वर्षीय सेल्सम्यान मोटरसाइकल चढेर रेलको लिकमा पुगे र रेलअगाडि हामफाले। ती व्यक्तिको खल्तीमा नीलो मसीले हिन्दी र अंग्रेजी मिश्रित भाषामा लेखिएको सुसाइड नोट भेटियो, जसमा लेखिएको थियो, ‘म आत्महत्या गर्न गइरहेको छु, किनभने मैले कम्पनीले तोकिदिएको बिक्री लक्ष्य भेट्न सकिरहेको छैन र कम्पनीले मलाई दबाव दिइरहेको छ।’ अघिल्लो महिना आशिष अवस्थीको मृत्युले भारत तरंगित भयो। एबोट औषधि कम्पनीका २५० एमआर (बजार प्रतिनिधि) हरुले एक दिनका लागि काम रोके र कम्पनीको आक्रामक बिक्री नीतिको विरोध गरे। कम्पनीहरुले बिरामीको स्वास्थ्यमा सम्झौता गरेको भन्दै औषधी…
इस्ताबुल । गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजारजति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको तथ्य न्याय मन्त्री बेकिर बोजागले आज बताउनुभएको छ । गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण सोको उचित व्यवस्थापन गर्नुपरेको समेत मन्त्री बेकिर बोजागले आफ्नो ट्विटर एकाउन्टमार्फत जानकारी दिनुभएको हो । ट्विटरमार्फत सम्प्रेषण गरिएको शृङ्खलाबद्ध जानकारीमा यो एक आम क्षमादान (एम्नेस्टी) नभएर ज्यानमाराको अभियोग लागेका, राज्य विप्लवको अभियोग लागेका, आतङ्कवादको अभियोग लागेका र जुलाई १५ को असफल कुलाई सहयोग गर्ने विद्रोहीहरुलाई भने यो सहुलियत उपलब्ध नगराइनेसमेत उहाँले खुलासा गर्नुभएको छ ।…
काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् महसुल नतिर्नेको लाइन काट्न निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्री शर्माले विद्युत् महसुल नतिर्नेको सूची तयार गरी ३ दिनभित्र आफूसमक्ष पेस गर्न प्राधिकरणलाई निर्देशन दिए । ‘क–कसले महसुल तिरेका छैनन्, तिनको सूची तत्काल तयार गर्नुस्,’ उनले भने, ‘एक सातामै लाइन काटिनेछ ।’ ‘महसुल नतिर्ने कम्तीमा १० ठूला उपभोक्ताको लाइन नकाटे विद्युत् चोरी रोकिन्न,’ उनले थपे । आवश्यक परे विद्युत् चोरी गर्नेको लाइन काट्न लिखित निर्देशन दिइने उनले बताए । ‘प्राधिकरणलाई नाफामा लगेर देखाउँछु’ मन्त्री शर्माले आफ्नो कार्यकालभित्र विद्युत् प्राधिकरणलाई नाफामा…