खाेटाङ् । खोटाङ् सुरक्षित आप्रवासन परियोजना सामीले खोटाङका पाँच पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीलाई सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुर्याएको भन्दै पत्रकार दमन राई, दिलीप खत्री, हरिबोल आचार्य, उजीर कार्की र योगीन राईलाई सम्मान गरेको हो ।
हेल्भेटास स्वीस इन्टर कोअपरेशनको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी बालसेवाले आफ्नो वार्षिक समिक्षा कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो ।
प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । पत्रकारलाई विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तरगत सम्मान गरेको बालसेवाका कार्यक्रम संयोजक लोकमणि रिजालले बताउनुभयो ।
Facebook Comments Box