पाेखरा । पोखराको सिमलचौरमा एक जनाले चक्कु प्रहार गरी एक महिलाको हत्या गरेका छन् । बुधबार दिउँसो स्याङजा किचनास-३ का २२ वर्षका संजिब बहादुर नेपालीले पूर्व श्रीमती २२ वर्षकी सोनम रेग्मीको घाटी रेटेर हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनीहरु पूर्व पति पत्नी हुन् । उनीहरुको पाँच वर्ष अघि बिहे र केही महिना अघि डिभोर्स भएको थियो । ती पुरुषले हत्या पछि आफूले पनि विष सेवन गरेको प्रहरीले जानकारी दिएको छ । विष खाएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको छ ।
उनीहरुको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
Facebook Comments Box