Author: admin

काठमाण्डौ । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले रुचि देखाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन रेलमार्ग निर्माण गरिने उल्लेख थियो। सोहीअनुसार, सातवटा चिनियाँ कम्पनी इच्छुक देखाएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए। ‘पहाड र पहराले ढाकेकोले रेलमार्ग निर्माणका लागि पुल र सुरुङको संरचना धेरै निर्माण गरिनुपर्छ, बजेट धेरै लाग्छ, प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुनै सम्झौता नभएको तर विज्ञप्तिमा मात्र रेलमार्गको विषय उल्लेख गरिएकाले सम्भाव्यता अध्ययन गर्न दिन नियम कानुनका कारण पनि अप्ठ्यारो छ’ उनले भने। मानिस आवतजावत र सामान ढुवानीका लागि पनि रेलमार्गमा समय कम लाग्ने, सस्तो…

Read More

काठमाडौं । सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री महरालाई पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री महराले जानकारी दिए। यसैगरी बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले मिसावट, कालोबजारी…

Read More

सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सुर्खेतको लेखगाउँबाट विरेन्द्रनगर जाँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे ब्यारेक नजिकै पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्य पश्चिम क्षेत्रीय अस्पताल र माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Read More

महोत्तरी । महोत्तरीमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई बालिकाको ज्यान गएको छ । एक जनाको दूधको कुँडेमा डुबेर र अर्कीको नदीमा ज्यान गएको हो । बर्दिबास नगरपालिका–४ गौरीडाँडाका सञ्जिव ढुंगानाकी तीन वर्षकी छोरी स्वीकृतीको उम्लिँदै गरेको दूधको कुँडेमा परेर ज्यान गएको हो । गएको मंगलबार बेलुका तातो दूधमा डुबेकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पताल काठमाडौंमा ज्यान गएको हो । बालिका खेल्ने क्रममा तातो दूधमा डुबेको अभिभावकले बताएका छन् । दूधमा डुबेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको काठमाडौं लगिएको थियो । त्यसैगरी महोत्तरीको बसविट्टी–९ मा नदीमा डुबेर डेढ वर्षकी बालिकाको ज्यान गएको छ । खेल्ने क्रममा घर नजिकै रहेको…

Read More

गौर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको अारोप लगाएका छन्। रौतहट क्षेत्र नम्बर १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा नेपालले कांग्रेस सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने अभिव्यक्ति दिएकाे र त्यसमा अाफ्नो पार्टीको समर्थन नरहने बताएकाले सम्भव नभएको अारोप लगाएका हुन्। उनले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा (माओवादी केन्द्र)ले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती…

Read More

नवलपरासी । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् । सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतीय प्रहरीले उनीहरुमाथिसमेत मुद्दा दर्ता गरेको छ । मुद्दालाई अदालत नपठाएसम्म भारतमा जाँदा ती सुस्तावासीलाई समस्या हुनसक्ने भन्दै ‘सुस्ता बचाऊ’ अभियानका अध्यक्ष गोपाल गुरुङले फाइल अदालत गएपछि मात्र मुद्दा दर्ता गरिएका सुस्तावासीले आफ्नो भनाइ राख्न पाउने बताए । यता यसबारे…

Read More

चितवन । जिल्ला विकास समिति चितवनको भन्दा यहाँका गैरसरकारी संस्थाको बजेट बढी रहेको छ । चालु आर्थिक वर्षमा जिविसको बजेट रु ८२ करोड ७७ लाख छ भने गैरसरकारी संस्थाले पेस गरेको बजेट रु एक अर्ब आठ करोड ३५ लाख ६० हजार ९९६ छ । यहाँ काम गर्ने १२० वटा संस्थाले यो बजेट जिविस समितिलाई पेस गरेका हुन् । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जिविसको आन्तरिक आम्दानी रु पाँच करोड ५२ लाख मात्रै छ जसका कारण जिविसको बजेट कम रहेको हो । यसमध्ये बाँकी रकम केन्द्रबाट आउने बजेट हो । गैरसरकारी संस्थाले पेस गरेको बजेटमध्ये पुँजीगत रु ८८ करोड २७…

Read More

म्युजिक फेस्टिबलको अन्य भिडियोमा मालिया नाच्दै गरेको देख्न सकिन्छ । बासिङटन – अमेरिकी राष्ट्रपति बाराक ओमाबाकी जेठी छोरी मालिया ओबामाले चुरोट तान्दै गरेको भिडियो सार्वजनिक भएपछि अहिले विवादमा तानिएकी छिन् । उनीमाथि चुरोटमा गाँजा भरेर पिएको आरोप लगाइएको छ । राडार अनलाइनले उनको भिडियो सार्वजनिक गर्दै ओबामाकी १८ वर्षीया छोरीले गत जुलाई ३१ मा सिकागोमा आयोजना भएको लोलापालुजा म्युजिक फेस्भिलका दौरान गाँजा तानेको आरोप लगाएको छ । १८ वर्षीया जेरडिन सेल्विनलाई उद्धृत गर्दै गसिप साइटले लेखेको छ, ‘मैले मालियालाई गाँजा तान्दै गरेको भेटेको हुँ । मसँग तस्विर पनि छ । त्यतिबेला गाँजाको गन्ध प्रष्टै सुध्न सकिन्थ्यो ।’ जेरडिनले मालियालाई एक…

Read More

बिर्तामोड । झापाको बिर्तामोड–१ का ५० वर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वाले आफ्नो दुबै मिर्गौला(किड्नी) खराब भएको सुनाउँदै उपचार खर्च जुटाएर जीवन बचाइदिन अपील गरेका छन् । ज्याला मजदुरी गरेर जसोतसो परिवारको गुजारा चलाउँदै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका छन् । बिर्तामोड(१ सुकुम्वासी टोलमा बस्ने उनी माइला नामले चिनिन्छिन् । परिवारको भरणपोषणका लागि मजदुरी गर्ने माइला विरामी परेपछि उपचार खर्च अपुग मात्र होइन परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउँछिन् । अहिलेसम्म उपचारमा तीन लाख रुपैयाँभन्दा बढी रकम आफ्नो भएभरको सम्पत्तिबाट जुटाएर खर्च गरेको माइलाले बताए । अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मिर्गौलाको डायलासिस शुरु भएको छ ।…

Read More

​काठमाडौं,साउन २७ । काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण समयमा नबुझाउने एक हजार तीनजना कर्मचारीलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको छ । आर्थिक वर्ष ०७२/७३ मा आफ्नो सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियारले जरिवाना गरेको हो । विभिन्न निकायमा नियुक्त भएका कर्मचारीले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० को उपदफा १ बमोजिम नियुक्ति पाएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियारले वर्षेनी आर्थिक जरिवाना गराउँदै आएको छ । अख्तियारले उनीहरू सबैलाई सम्पत्ति विवरण पेस गर्न लगाउन सम्बन्धित निकायलाई पत्राचारसमेत गरिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कमा रहेको सूचना विभागमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर विदुर दाहालविरुद्ध…

Read More