महोत्तरी । महोत्तरीमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई बालिकाको ज्यान गएको छ । एक जनाको दूधको कुँडेमा डुबेर र अर्कीको नदीमा ज्यान गएको हो ।
बर्दिबास नगरपालिका–४ गौरीडाँडाका सञ्जिव ढुंगानाकी तीन वर्षकी छोरी स्वीकृतीको उम्लिँदै गरेको दूधको कुँडेमा परेर ज्यान गएको हो ।
गएको मंगलबार बेलुका तातो दूधमा डुबेकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पताल काठमाडौंमा ज्यान गएको हो ।
बालिका खेल्ने क्रममा तातो दूधमा डुबेको अभिभावकले बताएका छन् । दूधमा डुबेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको काठमाडौं लगिएको थियो ।
त्यसैगरी महोत्तरीको बसविट्टी–९ मा नदीमा डुबेर डेढ वर्षकी बालिकाको ज्यान गएको छ । खेल्ने क्रममा घर नजिकै रहेको जँघा नदीमा डुबेर मोहम्मद निराले खानकी छोरी दरक्सा नुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box