Author: admin

विर्तामोड । पछिल्लो समय युवा माँझ लोकप्रिय बन्दै भएका नयाँ पुस्ताका पूर्वेली डाइरेक्टर योदिन एमएल सम्बाहाम्फेले निर्देशन गरेका दुई म्यूजिक भिडियो एकैसाथ सार्वजनिक भएका छन् । उनको निर्देशनमा बनेको अरु बेला पाइने होइन मायालुलाई भेट्न… (तीज गीत) र पूर्वै जाने हो… (पूर्वेली लोक भाका) बोलका दुई गीत यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । तीज विशेष गीत अरु बेला पाइने होइन मायालुलाई भेट्न म्यूूजिक नेपालमार्फत सार्वजनिक गरिएको हो भने पूर्वेली लोक भाका पूर्वै जाने हो यूट्यूब च्यानल रुबूसामार्फत सार्वजनिक गरिएको छ । तीज गीतमा ताराविर पाण्डेले स्वर दिएका छन् भने पूर्वेली लोक भाकामा हङ्कङ्मा रहेका नेपाली गायक चन्द्र अन्छुङ्बोको स्वर…

Read More

विर्तामाेड ।   गत मंगलबार दिउँसो एक युवक भद्रपुुर रोड छेऊ भेटिए । ५र६ जनाले उनलाई घेरिरहेका थिए । मानिसहरु उनका वरिपरि थपिने क्रम चलिरहेको थियो । त्यो देखेर के कारण रहेछ भन्ने बुझ्न मन लाग्यो । त्यहाँ गएँ । कारण रहेछ– उनले नेपालका राजनीतिज्ञ, कलाकार, गायक, लगायतका क्षेत्रका दजनौं व्यक्तिहहरुको स्वर निकाली रहेका रैछन् । ८० जना भन्दा बढि व्यक्तिहरुको नक्कल गर्छन् उनी । यसरी अरुको नक्कल गर्न खप्पिस व्यक्ति थिए– आशिष कमेडी । इलाम जिल्लाको गोर्खे–४ स्थित सानो बाङ्गिनमा घर भएका १९ वर्षीय उनी अहिले विर्तामोडमा बस्छन् । उनले रेडियो फिक्कल, इलाममा ६ महिना र रेडियो सनराइज, विर्तामोड…

Read More

विर्तामोड। आरटीआई (सूचनाको हक) युथ नेटवर्क झापामा गठन भएको छ । शुक्रबार विर्तामोडमा जिल्लाभरका युवाहरुको भेलाले आरर्टआई युथ नेटवर्क गठन गरेको हो । नेटवर्कको अध्यक्षमा पत्रकार प्रदीप परियार चयन भएका छन् । आरटीआई युथ नेटवर्कको सचिवमा मनिता सिटौला, सदस्यहरुमा सन्देश पाण्डे, जीवन मैनाली, रञ्जन धमला, विष्णुप्रसाद आचार्य, सुरज शर्मा बञ्जरा, टिकाराम भण्डारी, कला भण्डारी, अनु पौडेल, नीता उप्रेती, केदार खतिवडा, निशु पोखरेल र हैकम घिसिङ रहेका छन् । सूचना माग्न पाउने मौलिक हकलाई कार्यान्वयन गर्न नेटवर्कले काम गर्ने बताइएको छ । सूचनाको हकलाई संविधानको दफा–३को धारा २७ मा मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । भ्रष्टाचार नियन्त्रण गर्न सूचनाको हकलाई…

Read More

एजेन्सी ।  थाइल्याण्डका विभिन्न पर्यटकीय स्थानमा बम विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा धेरै घाइते भएका छन् । घाइते हुनेको एकिन संख्या पत्ता लागेको छैन । थाइल्याण्डको पर्यटकीय सहर हुवाहिन, फुकेत, सुरात थानी, पातोङ, ट्राङ, पाङनामा २४ घण्टाभित्र धेरै पटक बम विस्फोट भएको बिबिसीले जनाएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । शुक्रबार थाइल्याण्डकी रानीको जन्मदिन हो । संवेदनशील समयमा विस्फोट भएको भन्दै उच्च अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट विस्फोटमा दुई खाले बम प्रयोग भएको जनाएको छ । पर्यटकीय सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Read More

काठमाडौं ।  स्थानीय तह पुनर्संरचनापछि करिब ४१ हजारले रोजगारीको अवसर पाउने भएका छन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तावित गरेको पाँच सय ६५ स्थानीय तहको संख्या बढेमा रोजगारी पाउनेको संख्या थपिनेछ । प्रस्तावित स्थानीय तहमा ३९ हजार पाँच सय ५० जना कर्मचारीले अवसर पाउनेछन् । प्रस्तावित एक स्थानीय तहमा ७० कर्मचारी आवश्यक हुने आयोगले जनाएको छ । सोहीअनुसार कर्मचारी पदपूर्ति गरेमा करिब ४० हजारले अवसर पाउनेछन् । अाजको नयाँ पत्रिकामा समाचार छ । तर, अहिले स्थानीय निकायका गाविस, नगरपालिका र जिविसमा करिब २३ हजार कर्मचारी कार्यरत छन् । अबका गाउँपालिका र नगरपालिकामा स्थानीय निकायका कर्मचारी खपत भए पनि नयाँ १७…

Read More

काठमाडौं । प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा नक्कली भारतीय रुपियाँ (भारु)सहित विदेशी मुद्रा तस्करीमा संलग्न १ सय ५४ कारोबारी तथा भरिया पक्राउ गरेको छ । आर्थिक वर्ष ०७०/७१ यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा तथा स्थानीय प्रहरी संयन्त्रले भारतीय जाली नोटसहित अमेरिकी तथा अस्ट्रेलियाली डलर, पाउन्ड स्टर्लिङ, युरो, चिनियाँ युआनलगायत विदेशी मुद्रा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो । अभियुक्तको साथबाट करिब २० करोड रुपैयाँका मुद्रा बरामद गरिएको छ । आव ०६५/६६ देखि ०६९/७० को अवधिमा मात्रै ४० करोड रुपैयाँबराबरको मुद्रा बरामद भएको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी विदेशी मुद्रा तस्करीविरुद्ध…

Read More

काठमाण्डौ । सरकारले सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ लाई संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारमा नियुक्तिका लागि स्नातकोत्तर उपाधि हासिल गरेको योग्यता हुनु पर्ने मापदण्ड हटाएको छ। कान्तिपुर दैनिकमा समाचार छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सल्लाहकारमा प्रस्तावित व्यक्तिहरुको योग्यता नपुगेकाले सरकारको सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ संशोधन गरेको छ। ‘नियमावलीको दफा २२ मा रहेको सल्लाहकार हुन स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ भन्ने व्यवस्था हासिल गरेको हुनुपर्नेछ भन्ने व्यवस्था मन्त्रिपरिषदले हटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्रीले स्नतकोत्तर  उपाधि हासिल नगरेका नेता तथा कार्यकर्तालाई समेत सल्लाहकार नियुक्ति गर्ने बाटो खुलेको छ,’प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो।

Read More

काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप लागेकालाई निलम्बन नगरिँदा उनीहरुले बिरामी जाँच गर्न सुरु गरेका छन् । नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरुको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरुले बिरामी जाँच्न थालेका हुन् । निलम्बनका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकले निर्णय लिनु पर्ने हुन्छ । तर काउन्सिलको पूर्ण बैठक बस्न नसक्नुमा स्वास्थ्य मन्त्रालय नै कारक रहेको खुलेको छ । मन्त्रालयले पूर्ण बैठक नगर्ने आदेश दिएकाले हालसम्म बैठक बस्न नसकेको मेडिकल काउन्सिलका रजिस्ट्रार डा। दिलिप शर्माले बताए । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीले काउन्सिललाई पूर्ण बैठक नबस्न निर्देशन दिएका थिए । चौधरीले अख्तियार…

Read More

काठमाण्डौ । सरकार परिवर्तन र संसदको प्राथामिकतामा पर्न नसक्दा संविधान कार्यान्वयन प्रक्रिया जटिल बन्ने देखिएको छ । राजधानी दैनिकमा समाचार छ। राजनीतिक दल, सरकार र संसदले संविधान कार्यान्वयनको विषय प्राथामिकतामा राखेको बताए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न नसक्दा आगामी ३ असोजबाटै मुलुक गम्भीर संवैधानिक संकटमा पर्न सक्ने देखिएको हो । संविधानअनुसार ३ असोजभित्र गठन गरिसक्नुपर्ने उच्च अदालतका लागि आवश्यक कानुन र उच्च अदालत तय हुन नसक्दा संविधान कार्यान्वयनमा गम्भीर समस्या आउने देखिएको हो । संविधानअनुसार ३ असोजभित्रै गठन गरिसक्नुपर्ने  उच्च अदालत गठन भइसक्नुपर्छ । तर त्यसका लािग आवश्यक कानुन संसदले अझै दिन सकेको छैन । अबको एक महिना १० दिनभित्र…

Read More

काठमाण्डौ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे। नागरिक दैनिकमा समाचार छ। हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा  खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे। प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए। साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभी को सेतो जिप रोकिएको छ। एक हुल प्रहरी यताउता गरिरहेका छन्। ‘यो…. ले बर्दीको प्रहरी…

Read More