विर्तामोड। आरटीआई (सूचनाको हक) युथ नेटवर्क झापामा गठन भएको छ । शुक्रबार विर्तामोडमा जिल्लाभरका युवाहरुको भेलाले आरर्टआई युथ नेटवर्क गठन गरेको हो ।![]()
नेटवर्कको अध्यक्षमा पत्रकार प्रदीप परियार चयन भएका छन् । आरटीआई युथ नेटवर्कको सचिवमा मनिता सिटौला, सदस्यहरुमा सन्देश पाण्डे, जीवन मैनाली, रञ्जन धमला, विष्णुप्रसाद आचार्य, सुरज शर्मा बञ्जरा, टिकाराम भण्डारी, कला भण्डारी, अनु पौडेल, नीता उप्रेती, केदार खतिवडा, निशु पोखरेल र हैकम घिसिङ रहेका छन् ।
सूचना माग्न पाउने मौलिक हकलाई कार्यान्वयन गर्न नेटवर्कले काम गर्ने बताइएको छ । सूचनाको हकलाई संविधानको दफा–३को धारा २७ मा मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गरिने परियारले बताएका छन् । सामाजिक जवाफदेही प्रति जिम्मेवार बनाउने अभियान समेत सञ्चालन गर्ने बताइएको छ ।