Author: admin

​बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ । रक्तसञ्चार सेवा बीएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा उद्घाटन गरे । उद्घाटनसँगै रेडक्रस र बीएण्डसी हस्पिटलबीच पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौता अनुसार हस्पिटलले उपलब्ध गराएको तीन कोठे भवनमा रेडक्रसका तीन जना प्राविधिकले २४सै घण्टा रक्तसञ्चार सेवामा सेवा दिने बताइएको छ ।

Read More

​जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी रुकुमको चौरजहारीमा पठाइएको थियो । तर चौरजहारीस्थित मेसिन अस्पतालले जाजरकोट जिल्ला अस्पतालबाट नै सर्पदंशको औषधि ल्याएर जसवीरको ज्यान बचाएको खुलासा भएको छ । जाजरकोटको जिल्ला अस्पतालमा बिरामी ल्याएर आउँदा भ्याक्सिन छैन चौरजहारी लैजानुहोस भनी डा राजेन्द्र जिसीले बिरामीलाई रिफर गरेका थिए । तर बिरामीलाई आवश्यक पर्ने औषधि जिल्ला अस्पतालबाट नै पूर्ति गराएको खुलासा भएपछि औषधि लुकाएको खुलासा भएको छ । अस्पताल आउँदा छैन औषधि भनी हामीलाई…

Read More

​काठमाडौँ, साउन ३१ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डलाई १९ रनले पराजित गरेको छ ।

Read More

काठमाण्डौ । काभ्रेको बिर्तादेउराली–९ खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उद्धारका लागि काठमाडौंबाट पठाइएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए। प्रवक्ता कोइरालाले बस दुर्घटनामा घाइते भएका ३५ भन्दा बढी यात्रुलाई काठमाडौं ल्याएर उपचारका लागि वीर अस्पताल र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको बताए। घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको एमआई १७ हेलिकोप्टर घटनास्थल पठाइएको थियो। कोइरालाका अनुसार बस दुर्घटनामा अहिलेसम्म ३३ जनाको मृत्यु भएको र ३५ जना भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रवक्ता कोइरालाले बताए।

Read More

​विर्तामोड । विर्तामाेडकाे साैन्दर्य बढाउन र स्वच्छ नगर बनाउन विर्तामाेडका युवा सरसफाई अभियान मार्फत जुर्मुराएका छन् । प्रकृति फाउन्डेसन, युवा सङ्घ, विवेकशील नेपाली सोसल सर्भिस क्लव, द राइजिङ युथ नेपाल, क्रियटिभ नेप्लिज युथ, फ्युचर स्टार युथ क्लव, वातावरण संरक्षण मञ्च नेपाल, रेयुकाइ विर्तामोड, ग्रामीण सेवा समुदाय क्लव, गल्र्स राइजिङ नेपाल लगायतका दस वटा संस्थाले शनिवार विर्तामोडमा भेलाको आयोजना गरी सरसफाइ अभियानको नेतृत्व लिने निर्णय गरेका हुन् । ‘आफ्नो सहरको फोहोर अर्को सहरको बासिन्दा आएर सफा पार्नु पर्ने अवस्था आउनु हुँदैन’, विर्तामोडमा क्रियाशील युवा सङ्गठनहरू सरसफाइ अभियानमा जुट्नुको कारण बताउँदै प्रकृति फाउन्डेसनका अध्यक्ष टिकाराम मग्राती भन्छन्–‘तर विगत ११ महिनादेखि विवेकशील नेपालीका साथीहरू विर्तामोडमा आएर हप्तैपिच्छे…

Read More

काठमाण्डौ । काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या २७ पुगेको छ । दुर्घटनामा तीस जना भन्दा बढी यात्रु घाइते भएका छन्। काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको डिएसपी नवीन राईले जानकारी दिए। उनका अनुसार २५ जनाकै घटनास्थलमै मृत्यु भएको हो। बाँकीको उपचारका लागि लैजाने क्रममा तथा अस्पतालमा मृत्यु भएको हो। मृतकको अझै सनाखत हुन सकेको छैन। घाइतेहरुको उद्धारको काम चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी राईले बताए। घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खटिएको राईले बताए।…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रमा सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ । आठजना मन्त्री बनाउनादा पनि एक जना महिला मन्त्री नबनाएको भन्दै पार्टीभित्र विवाद भएको हो । माओवादी केन्द्रका ८२ सांसदमध्ये सभामुख ओनसरी घर्तीबाहेक २८ सांसद महिला छन् । उनीहरूले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता माग गर्दै आइरहेका थिए । तर, माओवादी केन्द्रले आफ्नो भागमा रहेको मन्त्रालयमा कुनै पनि महिला सांसदलाई ‘फुलमन्त्री’ बनाएन । त्यसको विरोधमा आइतबार संसद् भवन नयाँ बानेश्वरमै माओवादी केन्द्रका महिला सांसदहरूको बैठक बसेको थियो । उनीहरूले महिला सांसदलाई पार्टी नेतृत्वले असक्षम देखाउन खोजेको भन्दै ज्ञापनपत्र बुझाउने र कुनै पनि महिला…

Read More

काठमाडौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो । विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीहरुको भनाई छ । उनीहरुका अनुसार बंगलादेशी कामदार पनि नेपाली कामदारभन्दा न्यून पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनी ले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ती व्यवसायीहरुको भनाई छ । आजको राजधानी…

Read More

काठमाण्डौ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ। सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ। कारोबार दैनिकमा समाचार छ। चार वर्षअघि निर्माण सुरु हुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको हो। निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुपमा अघि बढाइएको सडक विभागले जनाएको छ। कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्व्र चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिँदै छ। नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताएको…

Read More

काठमाण्डौ । सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु’, आदेशमा भनिएको छ । पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन गरेको भन्दै सर्वोच्च…

Read More