बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ ।
रक्तसञ्चार सेवा बीएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा उद्घाटन गरे ।
उद्घाटनसँगै रेडक्रस र बीएण्डसी हस्पिटलबीच पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौता अनुसार हस्पिटलले उपलब्ध गराएको तीन कोठे भवनमा रेडक्रसका तीन जना प्राविधिकले २४सै घण्टा रक्तसञ्चार सेवामा सेवा दिने बताइएको छ ।
Facebook Comments Box