Author: admin
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहीबार राखी बाँध्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिनुभएको हो । यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षावन्धन गर्नुभएको कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षधर नैनसिंह महर विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मनोजमणि आचार्यलाई १ सय २१ मतले मतले पराजित गर्दै महर नेविसंघको सभापतिमा निर्वाचित भएका हुन् । काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार दिउँसो सकिएको मतगणनामा महरले १ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले १ हजार ३ सय ६२ मत प्राप्त गरेका थिए । महामन्त्रीमा पनि महर प्यानलका कृष्णप्रसाद सिटौला पक्षधर कुन्दन काफ्ले र महर प्यानलका सरोज थापा निर्वाचित भएका छन् । निर्वाचनको मतपरिणामको औपचारिक घोषणा गरिएको छैन ।…
कीर्तिपुरकाे ट्याङ्लाफाँटमा साैर्य सडक बत्ती जडान गर्दै दुई युवा । फाेटाे : सिर्जना घिमिरे/ खबरमञ्च
काठमाडौं । युवाको एक समूहले गाउँ घरमा नै पाइने स्थानीय स्रोत साधन जुटाएर कसरी भूकम्प प्रतिरोधि घर बनाउने भन्ने बारे जानकारी दिन मोबाइल एप्लिकेशन बनाएको छ । भूकम्प पीडितलाई सरकारले अब बन्ने घर भूकम्प प्रतिरोधीनै हुनु पर्ने बताएपछि धेरैमा अन्यौल बढेकाले त्यसलाई हटाउन युवा समूहले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । ढुंगा माटोले पनि बलियो र सुरक्षित घर बनाउन सकिन्छ भन्ने उदेश्यले अमेरिकी दूतावासको युवा परिषदले एप्लिकेशन ल्याएको हो । एप्लिकेशनको सञ्चार सचिव दिनेशकुमार थपलियाले सार्वजनिक गरेका थिए ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्याथी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् । विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा बैकल्पिक विषयलाई अनिवार्य रुपमा सबै विद्यार्थीलाई पढाइएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको छ । स्नातकोत्तर तह दोस्रो वरेषको वैकल्पिक विषय जेन्डर एन्ड डेभलेपमेन्ट अनिवार्य रुपमा पढाइ भएपछि समस्या उत्पन्न भएको हो । दोस्रो वर्षमा शोधकार्य लेख्न नचाहनेले त्यसको विकल्पमा जेन्डर विषयको परीक्षा दिन सक्ने व्यवस्था रहेकोमा भूगोल केन्द्रीय अनिवार्य बनाएपछि समस्या आएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाण्डाैं । सवारी दुर्घटना बढ्नुको एउटा कारण कम उमेरका चालक पनि भएको पाइएपछि विद्यमान ऐन परिवर्तन गरी खासगरी सार्वजनिक सवारीसाधनको चालक अनुमतिपत्र पाउने उमेर बढाउने तयारी गरिएको अधिकारीहरुले बताएका छन्। अर्को हप्तासम्ममा विभागीय मन्त्रालयमा पेश गर्न लागिएको परिमार्जित ऐनमा सवारी चालकलाई गरिने दण्ड सजाय समेत बढाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशकले बताएका छन्। परिमार्जन यातायात व्यवस्था विभागले कम उमेरका चालकलाई सवारी चलाउन रोक लगाउने भन्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्ने तयारी गरिएको बताएको छ। ऐनको परिमार्जित मस्यौदाबारे यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, “परिमार्जित ऐनमा १८ वर्ष नपुगिकन कुनै पनि प्रकारको सवारी साधन हाँक्न नपाउने…
काठमाडौँ– सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गरेका छन् । बुधबार शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताए । डा केसीले भने, “सरकारले पटक–पटक सम्झौता गर्ने तर त्यसको कार्यान्वयन नगर्ने गरेकाले सडकबाट सङ्र्घष सुरु गर्न थालेको छु ।” डा केसीले साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी हालसम्म सरकारसँग भएका आफ्ना सम्झौता र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको छ बुँदे मागपत्र बुझाएका थिए ।…
काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् । कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् । मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल…
काठमाडौं– रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको छ । हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ । काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो । यो नाकाबाट गत वर्षदेखि आयातनिर्यातका लागि नाका औपचारिक रुपमा सञ्चालनमा गरिएको थियो । हाल सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागढी नाका मात्र सञ्चालमा छ । नाकाबाट सहज व्यवस्थापका लागि नेपाल र चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ । नेपालीले चीनबाट मल्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा बढोत्तरी आउने विश्वास गरिएको…
काठमाडौं– पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तलब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ । पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रुपैयाँ बढी तलबभक्ता र सुविधामै खर्च भएको छ । गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करोड ४५ लाख ७७ हजार नौ सय चार रुपैयाँ खर्च भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको भेटीघाटी पारदर्शी गरी मन्दिरेको आयव्यय चुस्त र दुरुस्त बनाउँदै बचेको रकम जीर्णेद्धा, पुनर्निर्माणलगायत काममा खर्च गर्ने लक्ष…