Author: admin
दमक। संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १० को वडा कमिटी गठन भएको छ । मञ्चको उपमहासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३३ सदस्यीय कमिटी गठन भएको छ । पहिचानको आधारमा लिम्बुवान सहित १० प्रान्त कायम गरौं भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा मञ्चका सचिवहरु मोहन वेघा, हरिदेवी राई, सचिवालय सदस्य धनराज सुब्बा र केन्द्रीय सदस्यहरु हेम चेम्जोङ र नारायण वेघाले शुभकामना मन्तव्य राखेका थिए । दासमाया सुब्बाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा राज कुमार चौधरी, मेनुका धिमाल, इन्द्र रायमाझी, सचिव किरण वेघा त्यसैगरी सदस्यहरुमा मनकुमारी वेघा, नन्द धिमाल, अभिशेष परियार, निर्मला मादेन, राजकुमारी चेम्जोङ, माया वनेम, पुर्णिमा मादेन, तागेरा…
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड झापाले बिर्तामोडका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । दुई दिन अघि विद्युत सर्ट भएर बिर्तामोडको कृषि उपज बजारको मिनी मार्केटमा आगलागी हुँदा एक करोड ५१ लाख रुपैयाँको क्षति भएको थियो । आगलागिबाट पीडित बनेका आफ्ना शेयर सदस्यलाई प्रति सदस्य १० हजारका दरले सहकारीले आर्थिक सहयोग गरेको हो । उनीहरुलाई विना व्याज दुई लाख रुपैयाँसम्म ऋण सहयोग गर्ने सहकारीका अध्यक्ष टीएस प्रधानले बताए । आर्थिक सहयोग पाउनेहरुमा मनु राई, लालवहादुर विष्ट, अशोक राजवंशी, सावित्रा राजवंशी, वोलो राजवंशी, नजामा खातुन रहेको सहकारीका सचिव भूपाल बस्नेतले जानकारी दिए । सहकारीले आगलागी पीडित…
जाजरकोट– जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सल्ला गाविस –१ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । साउन २२ गते जग्गाका विषयमा विवाद भएपछि छोराले बन्चरोले हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत वोहोराले वताए । पक्राउ परेका खत्रीले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन दिएपछि छानवीन गर्दा घटनाको रहस्य खुलेको हो । खत्रीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खत्रीले दिएको वयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता बाहिर आउने…
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विशेषदूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् । निधिले बिहान ११ बजेपछि दिल्लीस्थित सेभेन रेसकोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग भेट्ने कार्यक्रम थियाे। भेटमा नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयन र मधेसी मोर्चासँगको तीन बुँदे सहमतिका साथै दुई देशबीचको सम्बन्ध सुधारका विषयमा समेत कुराकानी हुने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदान–प्रदानबारे समेत निधिले मोदीसँग छलफल गर्नेछन् । निधिले मोदीलाई जनकपुर र लुम्बिनीको धार्मिक भ्रमणका लागि आग्रह गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्रीका विशेषदूतका रुपमा बिहीबार दिल्ली पुगेका निधिले…
विर्तामोड । सम्झना कटुवालले समुन्नत नेपालमा आएर माला बनाउने काम गर्न थालेको एक बर्ष भयो । उनी विहान दस बजे विर्तामोडमा रहेको समुन्नतको कार्यालय तथा माला बनाउने उद्योगमा आउँछिन् र माला बनाउने काममा लाग्छिन् । उनलाई धेरै खुशी छ आफूले बनाएको माला पश्चिमी मुलुकहरुमा विक्री हुने गरेकोमा । उनी भन्छिन्, ‘हामीले बनाएको माला त्यहाँसम्म पुग्छ भन्ने त लागेकै थिएन । अहिले हामीले बनाएको मालाको लोकप्रियता बढेकोले हामीलाई त्योभन्दा अर्को खुशी हुनै सक्दैन ।’ उनी घरेलु हिंसा पीडित महिला होइनन् । तर घरेलु हिंसामा परेका महिलाको हक अधिकारका लागि स्थापित समुन्नत नेपालमा आएर आफू मेहेनत गर्छिन्, जसले हिंसामा परेका ति महिलाहरुका…
काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बिहान ११ बजेपछि हुने भेटमा उपप्रधानमन्त्री निधिले नेपालमा संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयन, चुनावको तयारी लगायतका विषयमा जानकारी गराउनेछन् । प्रधानमन्त्रीको विशेष दूतका रुपमा दिल्ली पुगेका निधिले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री स्वराजसँग छुट्टाछुट्टै भेट गरेका थिए । भेटमा मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताएका थिए । भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो…
नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर्ने बताएका छन् । महासङ्घद्वारा शुक्रबार नेपालगञ्जमा भएको ज्येष्ठ पत्रकार सम्मान तथा अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकको सबैखाले सञ्चार संस्थालाई व्यवस्थित र मर्यादित बनाउन सञ्चार नीतिको कार्यान्वयन पहिलो शर्त हुनुपर्नेमा जोड दिए । मुलुक र नागरिकभन्दा माथि पत्रकार र सञ्चार संस्था हुन नसक्ने स्पष्ट पार्दै अध्यक्ष विष्टले सञ्चार नीतिभित्र अटाउन आनाकानी गर्ने सञ्चारका निकायलाई कारबाहीको दायरामा ल्याउन सरकार कठोर बन्न सक्नुपर्ने सुझाव दिए । त्यस अवसरमा महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डे, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र हेमन्त…
काठमाडौं । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसी र उहाँका समर्थकले शनिबार प्रदर्शन गर्दैछन् । प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार अगाडि ‘उभिएर दबाब’ दिने डा. केसीले बताए । उनले गएको साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी सरकारसँग भएका आफ्ना सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको ६ बुँदे मागपत्र बुझाएका थिए । आठौँ अनशनको १६ औँ दिनमा साउन ९ गते सरकार र डा. केसीबिच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा. केसीको आरोप छ । उनले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी…
काठमाण्डौ । नेकपा एमाले दुई प्रभावशाली नेताका सम्बन्धबारे आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डले खबर लेखेका छन्। एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो। दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए। त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौ महिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो। माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए। गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो। खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो। पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म…
काठमाण्डौ । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ,’ आजको नयाँ पत्रिकामा खबर छापिएको छ। विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्रयोग गर्दै आएकाले अन्तर्राष्ट्रिय एटिएम ठगहरूको नेपालमा गतिविधि बढेको हो। गत १७ साउनमा रोमानियन नागरिक प्रेडा अउरेलियन नक्कली एटिमसहित पक्राउ परे । उनी नक्कली एटिएम बनाई ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको…