काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विशेषदूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
निधिले बिहान ११ बजेपछि दिल्लीस्थित सेभेन रेसकोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग भेट्ने कार्यक्रम थियाे।
भेटमा नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयन र मधेसी मोर्चासँगको तीन बुँदे सहमतिका साथै दुई देशबीचको सम्बन्ध सुधारका विषयमा समेत कुराकानी हुने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
यस्तै दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदान–प्रदानबारे समेत निधिले मोदीसँग छलफल गर्नेछन् ।
निधिले मोदीलाई जनकपुर र लुम्बिनीको धार्मिक भ्रमणका लागि आग्रह गर्ने तयारी गरेको बुझिएको छ ।
प्रधानमन्त्रीका विशेषदूतका रुपमा बिहीबार दिल्ली पुगेका निधिले शुक्रबार राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटेका थिए ।