Author: admin

काठमाडौं । नारायणहिटीस्थित पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह बसिरहेको महेन्द्र मञ्जिलको विद्युत लाइन काटिएको छ । विद्युत महसुल नतिर्ने ठूला ग्राहकहरुको विजुलीको लाइन काट्न उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले निर्देशन दिएपछि महेन्द्र मञ्जिलको लाईन पनि काटिएको हो । उर्जामन्त्रीको यस्तो कदमलाई अधिकांशले प्रसंसा नै गरेका छन् । केहीले भने रत्नको निवासको लाइन काटेर इतिहासको अवमूल्यन गरिएको भन्दै आलोचना पनि गरेका छन् । यसैक्रममा हास्य कलाकार दिपकराज गिरीले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । राजनीतिक विषयमा सामाजिक सञ्जालमा केही न केही लेखिरहने दिपकले सोमबार ट्वीटरमा लेखेका छन्, ‘पूर्वरानी रत्नको घरको विजुलीको लाइन एक्कासी काटियो । मन्त्रीलाई सोधियो, किन ? उनले भने, ‘हिरा, रत्न जस्ता…

Read More

काठमाण्डौं । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ । टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए । टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै करीब ७० जना घाइते भएका थिए । सिरियाको सीमादेखि करिब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस समुदाय रहने गर्दछन् । टर्कीमा पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ ।

Read More

काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायत चारबुँदे निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई सोमबार बिहान निवासमा बोलाई प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनवटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन्  । सो अवसरमा प्रधानमन्त्री दाहालले “उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौँमा दुई गरी तीन यातायात व्यवस्था कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्” – उनको निर्देशन उद्धृत गर्दै स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले  जानकारी दिए । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका…

Read More

भद्रपुर  । करेन्ट लागेर झापामा एक व्यक्तीको ज्यान गएकोे छ । ससुराली पाउना आएका झापा पृथ्वीनगर गाविस ५ बस्ने २८ बर्षिय रमेश वास्कोटाको करेन्ट लागेर मुत्यु भएकोे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर नगरपालिका १५ स्थित गार्भेन्ट चोकमा रहेको ससुराली घरमा करेन्ट लागेको थियो । सासु तलुसी सुवेदीको घरमा विद्युत विग्रिएको अवस्थामा ज्वाई वास्टकोटाले विद्युत मर्मत गर्न खोज्दा करेन्ट लागेको थियो । घट्नापछि वास्कोटाको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा आइतवार दिउँसो मुत्यु भएको वडाका इनिस्पेक्टर राजनकुमार न्यौपानेले जानकारी दिए ।

Read More

काठमाण्डाैं ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सरकारमा पठाँउने मन्त्रीको  सूची तयार पारेका छन्। नेपाल विद्यार्थी संघको महाधिवेशन सकिए पछि देउवाले सरकारमा पठाउने नेताको सूची टुंगो लगाएका हुन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग छलफलपछि थप नाम प्रधानमन्त्रीलाई बुझाउने उनको तयारी छ। आगामी बुधबारसम्म सबै मन्त्री सरकार पठाइसक्ने कांग्रेसको योजना छ। देउवा निकट स्रोतका अनुसार कांग्रेसबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्कापक्की भएको छ। केसीले शिक्षा, महतले परराष्ट्र, खाँणले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि गृह मन्त्रालय नपाएपछि सरकारमा जान नमानेका केसी अहिले शिक्षा मन्त्रालय सम्हाल्न तयार भएका…

Read More

दाङ ।  दाङको देउखुरी गढवामा तिजको नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या भएको छ । गढव–५ खबरी नाकाका ३२ वर्षका कर्णबहादुर पुनले स्थानीय ३२ वर्षका राजु रोका र कालु रोकाको भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । राजु रोकाको भने उपचारका क्रममा ज्यान गएको हो । आइतबार राति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका राजु र कालुलाई पुनले पुरानो रिसइबी साँध्न गोली हानेको एसपी सिंहले बताए ।

Read More

काठमाडौं- चार महिनायता नियमित बाटो सुन आयात अत्यन्तै न्यून छ। बैंकको सुन बिक्री ठप्प छ। तैपनि बजारमा कुनै अभाव छैन, पसलैपिच्छे भनेजति सुन पाइन्छ। मुलुकभर दैनिक औसतमा २० किलोभन्दा बढी सुन बिक्री भइरहेको व्यवसायी नै हाकाहाकी बताउँछन्। पहिले आयात अलिकति घट्दा पनि रित्तिने बजार अहिले करोडौं मूल्यबराबरको सुन कहाँबाट भित्राइरहेछ त? सहजै भन्न सकिन्छ– अवैध बाटो। पछिल्ला दिन यही सुन उपभोक्ताको गलाको हार बनिरहेको छ। व्यवसायी भने यसबारे मुख खोल्न चाहँदैनन्। काठमाडौं, मखन टोलमा ढिका सुन कारोबार गर्ने सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्रालिका प्रोप्राइटरलाई आइतबार सुन आपूर्तिबारे प्रश्न राख्दा उनी मौन बसे। सरकारी अधिकारी पनि यस मामिलामा सकभर पन्छिइरहेछन्। आइतबारको बजार…

Read More

काठमाण्डाैं । पूर्व मूख्यसचिव लीलामणी पौडेलले यातायातको सिन्डिकेट बचाउन मन्त्रीदेखि सिडिओ र प्रहरीको एसपीसम्मको मिलेमतो हुने गरेको बताएका छन् । उनले जिम्मेवार निकाय र व्यक्तिले नै यातायात व्यवसायीसँग अनौपचारिक सम्झौता गरेर सिन्डिकेट बचाइरहेको दाबी गरे । पोडेलले यातायात व्यवसायीको भलाइ कोषमा जम्मा हुने रकमले सिन्डिकेट मौलाएको र त्यसलाई कायम राख्न व्यवसायीले उक्त कोषको रकम सिडिओदेखि एसपीसम्मलाई बाँड्ने दाबी गरेका हुन् । उनले भने, ‘व्यवसायीसँग मन्त्री आफैंले अनौपचारिक सम्झौता गर्दा यातायात षेत्रमा सिन्डिकेट मौलाएको छ । व्यवसायीको भलाइ कोषमा करोडौं रकम जम्मा हुने र त्यो रकम सिन्डिकेटका दागि सबैतिर बाँडिले गरेको पाइन्छ ।’ अन्नपूर्ण पोष्टबाट 

Read More

काठमाडौं–न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् । माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ । संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए । आइतबार मजदुरले धर्ना दिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो । वार्तामा व्यवसायीले…

Read More

काठमाडौं– ‘आरजू म्याडम नै मन्त्री बन्नुपर्छ, म्याडमले माननुभएन भने उहाँले छानेका महिला सांसदालाई नै मन्त्री बनाउनुपर्छ,’ ईश्वरी न्यौपानेसहित आधा दर्जन जति महिला सांसदहरुले अहिले कांग्रेसभित्र यसो भनिरहेका छन् । ‘म्याडम आरजू’ अर्थात् पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवाले भने मन्त्री बन्ने आश मारिसकेकी छिन् । प्रचण्ड प्रधानमन्त्री बन्नासाथ आरजूले मन्त्री बन्ने कसरत थालेकी थिइन्, तर देउवाले हिम्मत गरेनन् । जानकारहरु भन्छन्, ‘अब देउवाले हिम्मत गर्ने अवस्था पनि छैन र आरजू मन्त्री बन्ने चान्स पनि छैन । मनित्रमण्डलमा नाम नपठाएसम्म कांग्रेसमा यस्ता अनेक पाराका चाकडीचुक्ली देख्न सुन्न निरनतर पाइने भएको छ । तर, कांग्रेसले कहिलेसम्म नाम पठाउँछ ? यो भो…

Read More