दाङ । दाङको देउखुरी गढवामा तिजको नाच हेर्न गएका दुई जनाको गोली हानी हत्या भएको छ । गढव–५ खबरी नाकाका ३२ वर्षका कर्णबहादुर पुनले स्थानीय ३२ वर्षका राजु रोका र कालु रोकाको भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । राजु रोकाको भने उपचारका क्रममा ज्यान गएको हो । आइतबार राति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका राजु र कालुलाई पुनले पुरानो रिसइबी साँध्न गोली हानेको एसपी सिंहले बताए ।
Facebook Comments Box