भद्रपुर । करेन्ट लागेर झापामा एक व्यक्तीको ज्यान गएकोे छ । ससुराली पाउना आएका झापा पृथ्वीनगर गाविस ५ बस्ने २८ बर्षिय रमेश वास्कोटाको करेन्ट लागेर मुत्यु भएकोे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
भद्रपुर नगरपालिका १५ स्थित गार्भेन्ट चोकमा रहेको ससुराली घरमा करेन्ट लागेको थियो ।
सासु तलुसी सुवेदीको घरमा विद्युत विग्रिएको अवस्थामा ज्वाई वास्टकोटाले विद्युत मर्मत गर्न खोज्दा करेन्ट लागेको थियो ।
घट्नापछि वास्कोटाको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा आइतवार दिउँसो मुत्यु भएको वडाका इनिस्पेक्टर राजनकुमार न्यौपानेले जानकारी दिए ।
Facebook Comments Box